सागर संगम ठाकुर । रौतहट
रौतहट जिल्लामा पछिलो केही दिन देखि चोरीको घटनामा बृद्धी हुन थालेको छ । चोरका समुहहरु सक्रिय भए पछि जिल्लामा चोरी ब्यापक मात्रामा भईरहेको देखिएको छ । गएको बिहिबार राती जिल्लाको देवाही गोनाही नगरपालिका वडा नं। ७ उचिडिहमा चोरी भएको प्रहरीले जनाएको छ । राति करिब ढेड दुई बजेको समयमा वडा नम्बर ७ स्थित उचिडिह टोलमा चोरी भएको हो । बिहिबार राती करिब डेढ दुई बजेको समयमा स्थानिय उचिडिह टोलका जयनरायण कुश्वाहाको एक तले पक्काको घरमा बासको सहाराले चढेर प्रबेस गरि नगद साढे तिन लाख रुपैया र सरसमान चोरेर लगेको पिडित परिवारले जनाएको छ ।चोरका समुहहरुले घरको उत्तरी साईडबाट बासको सहारामा छतमाथि चढेर घर भित्र प्रबेश गरि चार वटा ट्रन्कको ताल्चा फुटाई सुन दुई तोला , चान्दीका गरगहना र नगद तीन लाख ४८ हजार रुपैया लुटेर फरार भएको पिडित कुश्वाहाले बताएका छन । घरका सबै सदस्य सुतिसकेको अवस्थामा घर भित्र प्रबेश गरि घरको पश्चिम दरवाजा खोली सरसमानहरु र नगद लुटिएको क्श्वाहाले बताए । साथै घरमा चोरीकै क्रममा चोरका परस बरामद भएको छ । पर्समा राखिएको कागजातको अधारमा चोर बाहिरको नभई गाउकै स्थानियको रहेको भेटीए पछि निजलाई पक्राउ गरिएको प्रहरीले जनाउको छ । पर्सको अधारमा चोरीमा संलन भएका स्थानीयलाई प्रहरीले पक्राउ गरि कार्यलयमा राखिएको ईलाका प्रहरी कार्यलयका प्रहरी निरिक्षक राजन लम्सालले जानकारी दिनु भयो । लम्सालले पिडितकै अधारमा उनलाई पक्राउ गरिएको प्रतिक्रिया दिनु भयो । तर प्रहरीले राजनितीक शक्तिको आडमा पटेललाई पक्राउ गरिएको उनका आफन्तजनहरुले आरोप लगाएका छन । निर्दोशलाई फसाउ राजनितीक दलबाट ठुलो चलखेल भईरहेको निजका सर्मथकहरुको भनाई छ । आरोपीलाई पक्राउ गरिए पछि तिनका सर्मथकहरुले ईलाका प्रहरी कार्यलय देवाही गोनाही घेराउ गरि प्रदर्श गरेको थियो । यस बिषयमा थप विवरण आउन बाकीं रहेको छ । र घटनाको बारेमा थप अनुसंधान भइरहेको ईन्सपेक्टर लम्सालले जानकारी दिन् भयो ।


