रमेश कुमार यादब ।
रौतहटको सिमानाका खुल्ला भएपछि चहलपहल बढेको छ । कोरोना संक्रमण रोकथामका लागि २०७६ चैत ११ देखि सीमा नाका बन्द गरिएको थियो । कोरोना संक्रमण रोकथामका लागि डेढ वर्षदेखि बन्द गरिएको रौतहटको नेपाल –भारत सीमा नाका बुधबारदेखि खुला गरिएको थियो ।रौतहटको गौरनाकाबाट चोर बाटो भई पैदल यात्रा मात्र रहेको थियो तर दुबै देशको सहमति भएपछि भारतीय बजार बैरगनिया नाकामा बुधबार देखि निजी सवारी साधन सञ्चालन भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए थिए। दुबै तर्फबाट आवतजावत खुल्ला भएपछि दुबै देशका स्थानिय लगायत ठुला तथा साना ब्यापारीहरुमा खुसियाली छाएका थिए । अहिले आएर रौतहट सदरमुकाम गौर र भारतको बैरगनिया नाका भएर आवतजावतमा सहजता आएको छ । सीमा नाका संचालनमा आएपछि सो भेगका दुवै देशका नागरिकलाई सीमावर्ती बजारहरुमा किनमेल गर्न र आवतजावत गर्न सजिलो भएको छ । गौर बजार तथा भारतको बैरगनिया बजारमा किनमेलका लागि मानिसको घुइचो लाग्न थालेको छ । भारतिय नम्वरका गाडीको गौरमा भन्सार काट्न थालिएको र तीन दिनभित्रको पिसिआर रिपोर्ट निगेटिभ हुनुका साथै खोपको मात्रा पूरा गरेको प्रमाण पेस गरेमा सजिलै प्रवेश अनुमति दिन थालिएको स्थानिय प्रशासनले जनाएको छ । गौर नाकाबाट आवागमन सहज भएपछि दुवैतिरका ब्यापारी र सर्वसाधारण खुसी भएका छन् । चाडपर्वको बेला नाका खुलेपछि राहत महसुस गरेको स्थानियले बताएका छन । हिन्दु धर्मालक्बीहरुको महान चाडपर्व बडा दशैँ , दिपावली तथा छठ पर्वमा लागने बिभिन्न समाग्री तथा पुजापाठ गर्नमा लाग्ने समाग्री बैरगनियाबाट सस्तो मुल्यमा पर्ने भएकोले अधिकाशँं मानिसहरु त्यस तिर निर्भर रहेको पाईएको छ । स्थानियले सोहि समाग्रीको मुल्य नेपालमा बैरगनिया भन्दा दोब्बर पर्ने त्यो पनि सजिलेै नपाउने ब्यक्तीहरुले बताएका छन । मधेशी समाजमा मानिसहरु ब्रत बस्ने र बिभिन्न समाग्रीले पुजा गर्ने चलन पनि रहेको छ । पूजाको सबै सामग्री सहज रुपमा नेपाली बजारमा उपलब्ध नहुँदा भारतीय बजारमा पूजाको सामग्री सजिलै पाइने हुँदा र भारतीय पक्षले नाका सुचारु गरेको कारणले सो समाग्री सहज भएको यमुनामाई गाउँपालिकाको स्थानीय बासिन्दा राजकिशोर यादबको भनाइ छ
रौतहटको सिमानाका खुल्ला हुँदा बजारमा बढे चहलपहल


