प्रदीप यादवलाई मन्त्री नबनाएपछि वीरगंजमा दोस्रो दिन जसपाले बाल्यो आगो, उपेन्द्र यादवको जलाईयो पुतला

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ आश्विन २३, शनिबार (४ साल अघि)
  • ७ पटक पढिएको
प्रदीप यादवलाई मन्त्री नबनाएपछि वीरगंजमा दोस्रो दिन जसपाले बाल्यो आगो, उपेन्द्र यादवको जलाईयो पुतला

पर्सारपवन प्रसाद साह

पर्सा क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य प्रदिप यादवलाई जनता समाजवादी पार्टी ९जसपा० ले मन्त्री नबनाएको आक्रोशमा वीरगंजमा दोस्रो दिन पनि प्रदर्शन भएको छ । सांसद यादवका समर्थकहरुले वीरगंजको घण्टाघरमा जसपाका अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाउँदै प्रदर्शन गरेका हुन् । संयौंको संख्यामा वीरगंजको विभिन्न ठाउँमा मोटरसाईकल ¥याली सहित प्रदर्शनकारीहरुले उपेन्द्र यादव मुर्दाबाद, पर्सा जिल्लालाई घात गर्न पाइदैन् काला नाग मुर्दाबाद, जसपाका शान प्रदिप यादव जिन्दावाद, उपेन्द्र यादवलाई पर्सा जिल्ला निषेध, हाम्रो नेता कस्तो रु प्रदिप यादव जस्तो १ लगायतका चर्को नारा लगाई जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको पुतला जलाएका हुन् । कुन्दन कुमार सिंहको नेतृत्वमा भएको प्रदर्शनमा जसपा वीरगंज महानगरका उपाध्यक्ष शेख रुस्तम, समाजवादी युवा संघका वीरगंज महानगर अध्यक्ष सद्दाम हुसैन, हरिन्द्र साह, अंशु साह कानू, समाजवादी विद्यार्थी यूनियन पर्साका अध्यक्ष एजाज बाबु रांकि, मनोज यादव लगायतका संयौं नेता कार्यकर्ताहरुको बाक्लो सहभागिता रहेको थियो ।
‘मधेश आन्दोलनको उद्गम स्थल र बिगुल फुक्ने वीरगन्जलाई नजर अन्दाज र किनारा गरिएको छ, वीरगन्ज आज फेरि ठगिएको छ, यसले पर्सेली जनता दुखित र आक्रोशित भएका छन्। जसपा पर्साका कार्यकर्ताहर आक्रोसित हुँदै अब पर्सा जिल्लामा उपेन्द्र यादवको प्रवेश निषेध गरियो भन्दै समाजिक संजालमा व्यग्य आक्रोस पोखेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस