युवा नेता तिमल्सिनाको निजि लगानी बाट बाटो निर्माण सुरु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ आश्विन २३, शनिबार (४ साल अघि)
  • ६ पटक पढिएको
युवा नेता तिमल्सिनाको निजि लगानी बाट बाटो निर्माण सुरु

कृष्ण तिवारी ,रौतहट, २३ असोज

जिल्लाको फतुवा विजयपुर नगरपालिकाका युवा नेता अजय तिमलसिनाले आफ्नो व्यक्तिगत लगानीमा बाटो निर्माण तथा मर्मत कार्यमा लागेका छन् । नेकपा माओवादी केन्द्र वडा–११ का वडा कमिटीका पदाधिकारीहरु रमाकान्त चौधरी तथा नन्दलाल चौधरीको अगुवाईमा नेता तिमलसिनाले सोही वडाका विभिन्न सडकहरुको मर्मत तथा निर्माण कार्यमा जुटेका छ्न १ तिमलसिनाको व्यक्तिगत लगानीमा भट्टी राँगी देखि दुधिअवा र गर्जा देखि राँगी सम्मको५ किलोमिटर बाटो निर्माण गर्न , खाल्टो पुर्ने तथा बाटोमा ग्रेभल राख्ने काम भएको युवा नेता अजय तिमल्सिना ले बताएका छन् । माओवादी केन्द्रका फतुवा विजयपुर नगरपालिका इन्र्चाज समेत रहेका तिमलसिनाले विगतका दिन पनि नगरपालिकाका विभिन्न विकास निर्माण तथा समाजिक कार्यमा सक्रिय रहदै आएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस