नेपाली काँग्रेस निजगढका सचिव तामाङले विपन्न परिवारलाई गरे कपडा वितरण

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ आश्विन २५, सोमबार (४ साल अघि)
  • ५ पटक पढिएको
नेपाली काँग्रेस निजगढका सचिव तामाङले विपन्न परिवारलाई गरे कपडा वितरण

दिपेन्द्र जयसवाल,बारा
असोज २४ गते ।
नेपाली काँग्रेस निजगढका सचिव आशिष तामाङले विपन्न परिवारलाई कपडा वितरण गरेको छ । तामाङले वडा नम्बर ९ स्थित गणेश नगर टोलमा आर्थिक रूपमा विपन्नहरूलाई कपडा वितरण गरिएको हो । विजयादशमीको अवसरमा विपन्न परिवारका नागरिकहरूलाई नयाँ कपडा वितरण गरेको तामाङले बताएका छन् । वडा नम्बर ९ का ३० घर परिवारलाई पाइन्ट , टिसर्ट, टोपी,लगायत अन्य विभिन्न कपडाहरू वितरण गरेको सचिव तामाङले जनाएका छन् । टोल विकास संस्थाको समन्वयमा सो टोलका आर्थिक अवस्था कमजोर भएका घरपरिवार छनोट गरी दशैँको लागी कपडा वितरण गरिएको टोल विकास संस्थाका सचिव साजन लामाले बताउनु भयो । दशैको लागी कपडा पाएपछि खुसी व्यक्त गर्दै स्थानीयले राहत महसुस गरेको जनाएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस