रौतहटको शिवनगरमा शुभकामना अदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ आश्विन २७, बुधबार (४ साल अघि)
  • ६ पटक पढिएको
रौतहटको शिवनगरमा शुभकामना अदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न


करण मिश्रा
असोज २६ गते ।

रौतहटको गरुडा नगरपालिका ५ शिवनगर स्थित दुर्गा पुजा स्थलमा आज शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । दुर्गा पुजा व्यवस्थापन समितिको आयोजना तथा पुजा समितिको अध्यक्ष उपेन्द्र प्रसाद जैसवाल तथा अनिल यादवको अध्यक्षतामा दुर्गा मन्दिरको प्राङ्गणमा सो कार्यक्रम सम्पन्न भएको हो । गरुडा नगरपालिकाका मेयर ईन्नु राय यादवको प्रमुख आतिथ्य तथा माधवनारायण नगरपालिकाका मेयर विरेन्द्र यादवको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । बिगत १५ बर्ष देखि धार्मिक स्थलको रुपमा प्रख्यात शिवनगरमा दुर्गा पुजा मेला लाग्दै आईरहेको समितिको अध्यक्ष अनिल यादव बताएका छन । शुभकामना मन्तव्य राख्ने क्रममा गरुडा नगरपालिकाको मेयर ईन्नु राय यादवले पुजाका लागि ३५ हजार सहयोग गर्ने प्रतिवद्धता जनाएका छन । त्यस्तै मेयर यादवले शिवनगरमा दुर्गा माताको मन्दिर निर्माणका लागि नगरपालिकाबाट ५ लाख भन्दा बढी आर्थिक सहयोग गर्ने घोष्णा गरेका छन । बिगत १५ बर्ष देखि पुजा हुदै आइरहेको छ यो धेरै खुशी को कुरा र अगामी दिनहरुमा पनि पुजा सफल हुँदै जाउन भन्ने शुभकामना दिदै मेयर यादवले दुर्गा पुजा खर्चमा आफ्नो निजि खल्ती बाट ३५ हजार सहयोग गरेको र शिवनगर धार्मिक नगरी भएको हुनाले यहाँ एउटा दुर्गा माता को पनि मन्दिर पनि बनोस भन्दै मन्दिर बनाउनको लागि गरुडा नगरपालिका बाट ५ लाख ५१ हजार सहयोग गर्ने र अझै यस बाट पुगेन भने थप रकमको लागि पनि प्रक्रिया अगाडि बढाउने आसवासन दिनु भएको छ । त्यस्तै अर्का मेयर बिरेन्द्र प्रसाद यादवले पनि पुजाका लागि २५ हजार रुपैया आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन । साथै मेयर यादवले दुर्गा मन्दिर निर्माणका लागि नगरपालिकाबाट ५ लाख रुपैया आर्थिक सहयोग गर्ने आश्वासन दिएका छन । उनले अघि भने शिवनगर धार्मिक एवम् प्रयटक आउने ठाउ समेत रहेकोले यहाँ माता रानीको पुजा हुनुको साथै यहाँ दुर्गा मन्दिर पनि हुनु आवश्यक रहेको छ । त्यसतै सो शुभकामना अदान प्रदान तथा सम्मान कार्यक्रममा तत्काल भईरहेको दुर्गा पुजामा धेरैले सहयोग गरेको छ जस्तै गरुडा नगरपालिका ५ का वडा अध्यक्ष जय मंगल राय यादवले २५ हजार र गरुडा नगरपालिका वडा १ का सरोज यादवले १० हजार एक सय र गरुडा नगरपालिका ५ का वडा अध्यक्ष प्रत्यासी जोगिन्द्र साहले ११ हजार पुजाका लागि सहयोग गरेको पुजा समितीको अध्यक्ष अनिल यादवले जानकारी गराएको छ । शुभकामना अदान प्रदान तथा सम्मान कार्यक्रममा दुर्गा मन्दिर ब्यबस्थापन समितिको अध्यक्ष अनिल यादव उपा–अध्यक्ष उमेश यादव ,सचिव हरिनारायण शाह कलवार , कोषा–अध्यक्ष श्याम गिरी गरुडा नपा ५ का वडा अध्यक्षके प्रत्यासी नेता जोगिन्द्र साह ,ब्यापारी जयप्रकाश जसवाल , भोला देवान , सलेन्द्र मिश्रा, स्थानीय बुद्धिजीवी कृष्ण देव गिरि प्रतिष्ठित एवम् समाज सेबि डाक्टर नन्द किशोर झा बच्चाबाबू गिरि समाजसेबि ,बुद्धजिबी ब्यापारी लगायत सयौं ब्यतिहरुको सहभागिता रहेको

ताजा अपडेट

खोजी गर्नुहोस