करण मिश्रा
असोज २६ गते ।
रौतहटको गरुडा नगरपालिका ५ शिवनगर स्थित दुर्गा पुजा स्थलमा आज शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । दुर्गा पुजा व्यवस्थापन समितिको आयोजना तथा पुजा समितिको अध्यक्ष उपेन्द्र प्रसाद जैसवाल तथा अनिल यादवको अध्यक्षतामा दुर्गा मन्दिरको प्राङ्गणमा सो कार्यक्रम सम्पन्न भएको हो । गरुडा नगरपालिकाका मेयर ईन्नु राय यादवको प्रमुख आतिथ्य तथा माधवनारायण नगरपालिकाका मेयर विरेन्द्र यादवको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । बिगत १५ बर्ष देखि धार्मिक स्थलको रुपमा प्रख्यात शिवनगरमा दुर्गा पुजा मेला लाग्दै आईरहेको समितिको अध्यक्ष अनिल यादव बताएका छन । शुभकामना मन्तव्य राख्ने क्रममा गरुडा नगरपालिकाको मेयर ईन्नु राय यादवले पुजाका लागि ३५ हजार सहयोग गर्ने प्रतिवद्धता जनाएका छन । त्यस्तै मेयर यादवले शिवनगरमा दुर्गा माताको मन्दिर निर्माणका लागि नगरपालिकाबाट ५ लाख भन्दा बढी आर्थिक सहयोग गर्ने घोष्णा गरेका छन । बिगत १५ बर्ष देखि पुजा हुदै आइरहेको छ यो धेरै खुशी को कुरा र अगामी दिनहरुमा पनि पुजा सफल हुँदै जाउन भन्ने शुभकामना दिदै मेयर यादवले दुर्गा पुजा खर्चमा आफ्नो निजि खल्ती बाट ३५ हजार सहयोग गरेको र शिवनगर धार्मिक नगरी भएको हुनाले यहाँ एउटा दुर्गा माता को पनि मन्दिर पनि बनोस भन्दै मन्दिर बनाउनको लागि गरुडा नगरपालिका बाट ५ लाख ५१ हजार सहयोग गर्ने र अझै यस बाट पुगेन भने थप रकमको लागि पनि प्रक्रिया अगाडि बढाउने आसवासन दिनु भएको छ । त्यस्तै अर्का मेयर बिरेन्द्र प्रसाद यादवले पनि पुजाका लागि २५ हजार रुपैया आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन । साथै मेयर यादवले दुर्गा मन्दिर निर्माणका लागि नगरपालिकाबाट ५ लाख रुपैया आर्थिक सहयोग गर्ने आश्वासन दिएका छन । उनले अघि भने शिवनगर धार्मिक एवम् प्रयटक आउने ठाउ समेत रहेकोले यहाँ माता रानीको पुजा हुनुको साथै यहाँ दुर्गा मन्दिर पनि हुनु आवश्यक रहेको छ । त्यसतै सो शुभकामना अदान प्रदान तथा सम्मान कार्यक्रममा तत्काल भईरहेको दुर्गा पुजामा धेरैले सहयोग गरेको छ जस्तै गरुडा नगरपालिका ५ का वडा अध्यक्ष जय मंगल राय यादवले २५ हजार र गरुडा नगरपालिका वडा १ का सरोज यादवले १० हजार एक सय र गरुडा नगरपालिका ५ का वडा अध्यक्ष प्रत्यासी जोगिन्द्र साहले ११ हजार पुजाका लागि सहयोग गरेको पुजा समितीको अध्यक्ष अनिल यादवले जानकारी गराएको छ । शुभकामना अदान प्रदान तथा सम्मान कार्यक्रममा दुर्गा मन्दिर ब्यबस्थापन समितिको अध्यक्ष अनिल यादव उपा–अध्यक्ष उमेश यादव ,सचिव हरिनारायण शाह कलवार , कोषा–अध्यक्ष श्याम गिरी गरुडा नपा ५ का वडा अध्यक्षके प्रत्यासी नेता जोगिन्द्र साह ,ब्यापारी जयप्रकाश जसवाल , भोला देवान , सलेन्द्र मिश्रा, स्थानीय बुद्धिजीवी कृष्ण देव गिरि प्रतिष्ठित एवम् समाज सेबि डाक्टर नन्द किशोर झा बच्चाबाबू गिरि समाजसेबि ,बुद्धजिबी ब्यापारी लगायत सयौं ब्यतिहरुको सहभागिता रहेको
रौतहटको शिवनगरमा शुभकामना अदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न


