रमेश कुमार यादब
असोज ३०,रौतहट
दुर्गापुजाको अवसरमा रौतहटको विभिन्न स्थानहरुमा मेला लागेका छन । जिल्ला प्रहरीको अवज्ञा गर्दै स्थानिय जनप्रतिनिधिहरुले कोरोना बढाउने खालका क्रियाकलाप सुरु गरेको छ । अतिकाँश स्थानिय तहको धेरै जसो मेलाहरुमा आर्केष्ट्राले भिडभाड बनाएको छ । मेलामा रातभर नै नाचगानका साथै सास्कृतिक कार्यक्रमहरुको आयोजना भएका छन ।कोरोनाको जोखिम कायमै रहेको अवस्थामा भिडभाड गरेर मेला उत्सव मनाउदा कोरोनाको जोखिम बढीहुने चिकित्सकहरु बताउ छन ।जिल्लाको दर्जनौ स्थानमा सास्कृतिक कार्यक्रम गरीएका छन ।स्थानिय प्रशासनले आर्केष्ट्रालाई रोक लगाए पनि धेरै स्थानमा प्रर्दशन गरिएको स्थानियले बताएका छन ।अर्धनग्न डान्स देखाउदा समाजमा नकरात्मक असर पर्ने भन्दै स्थानिय प्रशासनले रोक लगाउदै आएको थियो ।अर्धनग्न नाच अर्थात आर्केष्ट्रामा नाच्न भारतका महिला कलाकारहरु समेत आउने गरेका छन । रौलतहटको राजदेवी नगरपालिका पथरामा जिल्ला प्रहरी कार्यालय रौतहटले अर्धनग्न डान्समा रोक लगाए अटेर गरि आयोजकहरुले संचालन गरेको कतिपयको गुनासो छ । समाजमा बिकृत फैल्याउने यस्ता कृयाकलापलाई सवैको सहयोगमा हटाउन सकिने भएकाले यस्ता बिषयमा सवैले सहयोग गर्नुपर्ने रौतहट प्रहरीको भनाइ । यस्ता प्रकारका अर्धनग्न नाच र भोजपुरी गीतहरुको रमझममा झुमिनुको कारण अहिलेको युवा युवाती हाम्रो देशको परम्परा तथा हाम्रो रितिरिवाज हराउदैँ गएको स्थानिय ८५ बर्षिय राम सरण राय यादबले बताएका छन । यस प्रकारका नाच गितले अहिलेको युवा युवतीहरु नराम्रो असर पर्दै गईरहेको छ । त्यस कारण यस प्रकारका नाचहरुलाई प्रतिबन्ध लगाउन अति नै आवश्यक रहेको बृद्ध यादबले बताएका छन ।
प्रहरी नियमको उल्लंघन गर्दै स्थानिय तहमा आर्केष्ट्रा नाचमा भिडभाड ,प्रहरी भने मौन


