विधुत प्राधिकरणको लापरवाहीले रौतहटका उपभोक्ता मारमा ।
कृष्ण तिवारी कार्तिक ०१ ग्ते, रौतहट ।
रौतहटमा विद्युत प्राधिकरणको चरम लापरबाहीका कारण विद्युत अनियमित हुँदा उपभोक्ताहरु मारमा परेका छन् । नेपाल विधुत प्राधिकरण मौलापुर वितरण केन्द्र र शव स्टेशन हर्षाहाको लापरवाहीका कारण वारम्वार बत्ती जाने–आउने गर्दा उपभोक्ता हैरान भएका छन ।
छिनछिनमै बत्तती आउने जाने समस्याले गर्दा विद्युतको माध्यमबाट सञ्चालन हुने व्यवसाय नै चौपट हुने अवस्था सिर्जना भएको छ ।
विद्युत प्राधिकरणले लोडसेडिङ नरहेको दावी गर्दै आएको छ । तर, बत्ती भने वारम्वार गइरहन्छ । दिनमै दर्जनौं पटक बत्ती जाने–आउने गर्छ । जसका कारण उपभोक्ताहरू आजित भएका छन् । यता, विद्युतकै माध्यमबाट सञ्चालन हुने व्यवसायहरू त झन संकटमा परेका छन् । विद्युत अनियमित हुँदा व्यवसाय सञ्चालनमा समस्या मात्र भएको छैन वारम्वार बत्ती जाने–आउने गर्दा विद्युतीय उपकरणहरू बिग्रिएर व्यावसायीहरू हैरान भएका छन् ।
बत्ती धेरै जाने–आउने गर्दा विद्युतीय उपकरणहरू बिग्रिएर मर्मत खर्च धान्न समस्या भइरहेको मौलापुर नगरपालिका –१ का उपभोक्ता कृष्ण तिवारीले बताए
‘बत्ती झ्याप–झ्याप गइरहन्छ, यस्तो हुँदा मेसिनहरू विग्रिएर मर्मत खर्च धान्नै गाह्रो परिरहेको छ,’ उनले भने, ‘लोडसेडिङ नै गर्ने हो भने निश्चित समय तोकेर बत्ती काट्नु, तर वारम्वार बत्ती जाने–आउने गर्दा समस्या भइरहेको छ ।’
बत्ती अनियमित हुँदा आजित बनेका रौतहटबासीले अहिले विद्युत प्राधिकरणमाथि आक्रोश पोखिरहेका छन् । लापरवाही बढ्दै गएपछि विद्युत प्राधिकरणमाथिको उपभोक्ताको आक्रोश अहिले सामाजिक सञ्जालमा छचल्किन थालेको छ ।
यता, विद्युत प्राधिकरण भने जीर्ण अवस्थाको विद्युतीय संरचना, मौसम र प्राकृतिक प्रकोपलाई दोष देखाएर पन्छिन खोजिरहेको छ ।
विधुत प्राधिकरणको लापरवाहीले रौतहटका उपभोक्ता मारमा


