कृष्ण तिवारी गरुडा समाचारदाता
कार्तिक २ गते, रौतहट ।
पछिल्लो केही दिनदेखि जारी अविरल वर्षा तथा हावाहुरीका कारण रौतहटको धानबालीमा व्यापक क्षति पुगेकोे छ । पछिलो दुई दिनदेखी भइरहेको बेमौसमि बर्षा तथा हावाहुरीका कारण रौतहटका किसानले लगाएको धानबाली नष्ट भएको छ । हावाहुरीको कारण खेतमा ठडिएको धानको बोटहरु ढलेको छ भने भित्र्याउनका लागि काटी राखेको धान बाली नष्ट भएको छ । हावाहुरी सहित भएको वर्षाका कारण धानका बोटहरु ढलेको र भित्र्याउनका लागि काटी राखेको धान बाली पानीले भिजेर नष्ट हुँदा रौतहटेली किसान चिन्तित भएका छन । रौतहट सहित तराईका बिभिन्न जिल्लाहरुमा ऋण लिएर खेतीपाती गर्ने किसानको एक मात्र आय स्रोतको रुपमा रहेको धानवाली बेमौसमी वर्षाले नष्ट हुँदा किसानहरु मर्कामा परेका छन । हुरीबतासले धानका बोटहरु पानीमै ढलेको हुँदा त्यसमा अब दाना लाग्छ कि लाग्दैन भन्ने चिन्ता किसानलाई सताएको छ । त्यस्तै काटेर थन्क्याउन बेलाको धान पानीले सखाप पारिदिएपछि अब वर्षभरि के खाने हो भन्ने चिन्तामा किसान परेका छन । भित्र्याउने समयमा धानबालीमा पानीले व्यापक क्षति पुर्याइदिएपछि रुनु न हाँस्नुको अवस्था भएको माधवनारायण नगरपालिका ६ का किसान विन्देश्वर यादवले बताए । यसवर्ष समयमै वर्षा भएका कारण धान उत्पादनमा वृद्धि हुने भन्दै यहाँका किसान निकै खुसी भएका थिए । मलखादको अभाव रहे पनि समयमा पानी परेको कारण धानमा खासै किरा पनि नलागेको हुँदा धानखेतीबाट यसवर्ष राम्रो आम्दानी हुने भन्दै किसानहरु निकै हर्षित थिए । तर पाकेर धानलाई घरमा ल्याउने समयमा भएको बेमौसमि बर्षा र हावाहुरीले खेतमा काटेर राखिएको धानबाली भिजेर नष्ट भएको तथा पाकेर काटन लागेको धानका बोटहरु खेतमै ढलेका कारण किसानहरु ठुलो मर्कामा परेका छन । यसैविच पुर्व मन्त्री प्रभु साहले बेमौसमी वर्षा र हावाहुरीका कारण धानबाली नष्ट भई पिडित बनेका किसानहरुलाई उचित क्षतिपुर्ति उपलब्ध गराउन माग गरेका छन । पुर्व मन्त्री साहले सरकारकारलाई यसतर्फ ध्यानाकर्षण गराउदै मर्कामा परेका किसानलाई तत्काल राहतस्वरूप क्षतिपूर्ति उपलब्ध गराउन जोडदार माग गरेका हुन ।बेमौसमि बर्षा र हावाहुरीले खेतमा काटेर राखिएको धानबाली भिजेर नष्ट भएको तथा पाकेर काटन लागेको धानका बोटहरु खेतमै ढलेका कारण किसानहरु पिडित भएको भन्दै उनले समाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पिडित किसानलाई तत्काल राहत उपलब्ध गराउन माग गरेका छन ।
बेमौसमी वर्षा र हावाहुरीले धानबालीमा व्यापक क्षति, पिडित किसानलाई क्षतिपुर्ति दिन प्रभु साहको माग


