ओम प्रकाश यादव गरुडा समाचारदाता
कार्तिक २ गते, रौतहट ।
रौतहटका प्रदेश सांसद एवं प्रदेश २ का विकास समितिका सभापति शेख अब्बुल कलाम आजाद उर्फ फुलबाबुले आफना निर्वाचन क्षेत्रमा विकास निर्माण कार्यलाई तिव्रता दिएका छन । रौतहट निर्वाचन क्षेत्र नं ४ को खबाट निर्वाचित प्रदेश सांसद फुलबाबुले आफना क्षेत्रमा शिक्षा, स्वास्थ्य, कृषि, यातायात र भौतिक पुर्वाधार निर्माण कार्यलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढाएका छन । आफु निर्वाचित भएदेखी अहिलेसम्म प्रदेश सांसद फुलबाबुले रौतहट क्षेत्र नं ४ को खमा शिक्षातर्फ दर्जनौ सामुदायीक विद्यालयमा भवन निर्माण, कम्पाउण्डवाल निर्माण, विद्यार्थीलाई पुजा गर्न सरस्वती मन्दिर निर्माण गर्नुका साथै शौचालय लगाएत निर्माण कार्य गरेका छन । त्यस्तै स्वास्थ्य तर्फ प्रसुति गृहको अभावमा गर्भवती महिलाको अकालमै मृत्यु भइरहेको अवस्थामा कुनै पनि महिलाको प्रसुति गृहको अभावमा अकालमै ज्यान गुमाउनु नपरोस भन्ने उद्देश्यले ठाउँ ठाउँमा प्रसुति गृह निर्माण, स्वास्थ्य चौकीहरुको जिर्ण भवनको मर्मतसम्भार, नयाँ भवन निर्माण गराएका छन । त्यस्तै कृषिमा कृषकहरुलाई खेतीपाती गर्न चाहिने विभिन्न मेसिनरी औजार, टयांकी, मलद्याद वितरण गर्नुका साथै सिचाईका लागि नहरमा समयमा पानीको व्यवस्थापन गराउने लगाएत कार्य उनले गर्दै आएका छन । यस्तै यातायात अर्थात सडक निर्माण तर्फ दर्जन भन्दा बढी जिर्ण सडकको मर्मत सम्भार गर्नुका साथै १० किलोमिटर भन्दा बढी विभिन्न सडकलाई कालोपत्रे गर्न सफल भएको प्रदेश सांसद फुलबाबुले बताए । विभिन्न गाउँलाई जोडने केही सडकलाई फराकिलो बनाउनेदेखी लिएर दर्जनौ ठाउँमा नयाँ सडक निर्माण गर्नुका साथै विर्तादेखी समनपुरसम्मको सडकमा कालोपत्रे गर्ने काम पनि गरेको उनले बताए । त्यस्तै भौतिक पुर्वाधार निर्माण तर्फ विभिन्न गाउँमा मस्जिद निर्माण, दलित विपन्नहरुको सुरक्षित आवास निर्माण, विभिन्न विद्यालय एवं स्वास्थ्य चौकीहरुमा नयाँ भवन निर्माण, विभिन्न मठ, मन्दिर, प्रतिक्षालय निर्माण गर्ने देखी लिएर सडक ढलान लगाएत कार्य गरेको उनले बताए । प्रदेश सांसद फुलबाबुले आफना संसदीय कोषको रकमबाट गत वर्ष इलाका प्रहरी कार्यालय गरुडामा सेवाग्राहीलाई बस्न एउटा प्रतिक्षलय निर्माण गराएर उदाहरणीय काम समेत गरेका छन । त्यस्तै वर्षौदेखी जिर्ण रहेको गरुडा समनपुर सडकखण्डलाई कालोपत्रे गर्न आफु प्रयासरत रहेको प्रदेश सांसद फुलबाबुले बताए । प्रदेश २ का विकास समिति सभापति एवं जनता समाजवादी पार्टीका प्रदेश २ समिति सदस्य समेत रहेका प्रदेश सांसद फुलबाबुले अबको केही दिनमै गरुडादेखी समनपुरसम्मको सडक कालोपत्रे हुने विश्वास दिलाएका छन । दैनिक हजारौ सवारी साधनको आवागमन हुने र अति व्यस्त सडकको रुपमा रहेको गरुडा समनपुर सडकखण्डको ठाउँ ठाउँमा वर्षौदेखी खाल्डाखुल्डी हुँदा सर्वसाधारणहरु निकै सास्ती खेप्नुका साथै जोखिमपुर्ण यात्रा गर्दै आएका छन । त्यस्तै गढिमाई नगरपालिकाको गम्हरीया घाट स्थित बागमति नदिमा पक्की पुल निर्माण गराउन समेत आफु प्रयासरत रहेको उनले बताए । आफनो अथक प्रयासपछि गम्हरीया घाट स्थित बागमति नदिमा पक्की पुल निर्माण कार्य गर्न रेडबुकमा योजना परिसकेको र अब कार्यान्वयन हुनेवित्तिकै उक्त पुल निर्माण कार्य अगाडि बढने उनले बताए । आफु निर्वाचित भएदेखी नै जनताको चाहना र आवश्यक्ता अनुसारको एक पछि अर्को उदाहरणीय काम गर्दै आएको उनले बताए । आफु जहिले पनि जनताको मन जित्ने कामहरु नै गर्ने गरेको र आगामि दिनमा समेत जनताको इच्छा, आकांक्षा र चाहना अनुसारको नै काम गर्दै जाने प्रदेश सांसद फुलबाबुले प्रतिवद्धता जनाएका छन ।
प्रदेश सांसद फुलबाबु आफना क्षेत्रमा विकास निर्माण कार्यलाई तिव्रता दिदै


