अन्तर्राष्ट्रिय माफिया दाउद र छोटा राजनका सहयोगीलाई नेपाली नागरिकता, नेपालमै करोडौंको सम्पत्ति

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ कार्तिक ३, बुधबार (४ साल अघि)
  • ७ पटक पढिएको
अन्तर्राष्ट्रिय माफिया दाउद र छोटा राजनका सहयोगीलाई नेपाली नागरिकता, नेपालमै करोडौंको सम्पत्ति


काठमाडौं । असोज २ गते ।
भारतको मुम्बईका ठुला ब्यापारीलाई धम्काएर रकम असुल्दै आएका लकडावाला सर्वाधिक खोजीमा रहेका दाउद इब्राहिम र छोटा राजन समुहका प्रमुख सदस्य हुन् । अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को रेड नोटिसमा रहेका लकडावाला १७ वर्षदेखि नेपालमा नेपाली नागरिकका हैसियत कारोबार समेत गर्दै आएका थिए । नेपाल प्रहरीले करिब एकवर्ष अघि ललितपुरबाट पक्राउ गरेर भारतीय प्रहरीलाई बुझाएका कुख्यात अपराधी इजाज लकडावालासँग नेपाली नागरिकता, राहदानी र करोडौंको सम्पत्ति नेपालमा रहेको खुलेको छ । भारतको मुम्बईका ठुला ब्यापारीलाई धम्काएर रकम असुल्दै आएका लकडावाला सर्वाधिक खोजीमा रहेका दाउद इब्राहिम र छोटा राजन समुहका प्रमुख सदस्य हुन् । अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को रेड नोटिसमा रहेका लकडावाला १७ वर्षदेखि नेपालमा नेपाली नागरिकका हैसियत कारोबार समेत गर्दै आएका थिए । उनी सन् २००३ मा राहुल अहमदका नामले नेपाल प्रवेश गरेका थिए । उनले राहुल रहमान, रहमान शैयद र चौधरी भाईजानका नामले समेत विभिन्न देशमा आफुले चिनाउथे । प्राप्त कागजपत्र अनुसार लकडावालालाई जिल्ला प्रशासन कार्यालय चितवनले रत्ननगर–१ स्थायी निवासी बनाएर लक्ष्मण चौधरीका नाममा नागरिकता दिएको थियो । ०६ चैत २०६३ मा जारी गरिएको नागरिकता प्रशासकिय अधिकृत रामचन्द्र शर्माले जारी गरेका थिए । लकडावालाको नागरिकता प्रमाणपत्र नम्बर ३५३०२०÷२०३३ रहेको छ । चितवन प्रशासनले लकडावालाकी श्रीमतीलाई रेखा चौधरीका नाममा नागरिकता दिएको छ । मुम्बई प्रहरीका एक वरिष्ठ अधिकारीका अनुसार लकडावालाले तीन लाख रुपैयाँ खर्च गरेर नागरिकता लिएको बयान दिएका छन् । यही नागरिकताका आधारमा उनले आफु र श्रीमतीको राहदानी लिएका थिए । जावलाखेलस्थित गुण हाउजिङको अर्पाटमेन्टमा बस्ने लकडावालाले सानेपास्थित बज्र एण्ड सांग्रिला अर्पाटमेन्टमा दुईवटा फल्याट खरिद गरेका छन् । सानेपा ठाडो ढुङगामा रहेको यो अर्पाटमेन्टमा एउटा फल्याटकै मूल्य दुई करोड भन्दा बढि रहेको छ । उनले श्रीमती रेखाका नाममा खरिद गरेका घरहरुमध्ये एउटा भाडामा दिएका छन् । एउटा उनले प्रयोग गरिरहेका थिए । नेपालमा एकजना स्वयम्भु क्षेत्रमा बस्ने नेवार युवाको सहयोगमा ठमेल क्षेत्रमा स्टोनको कारोबारी बताउने लकडावालाले भारतका विभिन्न शहरमा रहेका आफ्ना सहयोगी मार्फत ठुला बिल्डर्स र ब्यापारीसँग रकम असुली गरिरहेका थिए । मुम्बईमा मात्र २७ आपराधिक घटनामा सर्वाधिक खोजीमा रहेका उनले अर्वो रुपैयाँ धम्काएर उठाएको अनुमान गरिएको छ । सो रकम उनले नेपालमा लगानी गरेको आशंकामा भारतीय पक्षले अनुसन्धान गरिरहेको हो । लकडावालाको रकम नेपालमा रहेका केही बैंकर, बिल्डर्स र ठमेल केन्द्रित ब्यापारीहरुले चलाएको आशंका छ । यस बिषयमा अनुसन्धान भइरहेकाले अनुसन्धान अधिकारीले थप खुलाउन चाहेनन् । सीआईबीले लकडावालाका सहयोगी पक्राउ गरेपनि उनलाई समाएन मुम्बई प्रहरीले लकडावाला नेपालमा परिचय लुकाएर बसेको हुनसक्ने आशंकापछि यस बिषयमा पहिलो सूचना केन्द्रीय अनुसन्धान ब्यूरोलाई दिएको थियो । मुम्बई प्रहरीबाट हालै मात्र अवकाश पाएका एक वरिष्ठ अधिकारीले ब्यूरो तत्कालिन प्रमुख एआईजी निरजबहादुर शाहीलाई भेटेर नै लकडावालालाई पक्राउ गर्न सहयोग गर्न आग्रह गरेका थिए । शाही ब्यूरोका निर्देशकका हैसियतमा मुम्बईमा रहेका समय त्यहाँका सुरक्षा अधिकारीहरुले आग्रह गरेका थिए । मुम्बईमा भएको भेटमा सकारात्मक जवाफ दिएका शाहीले नेपाल फर्केपछि भने लकडावाला पक्राउ गर्न खासै तत्परता देखाएनन् । ब्यूरोका एक अधिकारीका अनुसार त्यतीबेला नै लकडावालाका एकजना नेपाली सहयोगीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको थियो । एआईजी बढुवाको तयारीमा रहेका शाहीले एकाएक ती सहयोगीलाई रिहागर्दै लकडावाला पक्राउ अभियान रोकेका थिए । ती अधिकारीका अनुसार तत्कालिन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको सल्लाहमा उनले लकडावालालाई त्यतिबेला पक्राउ गर्न उचित ठानेन्न् । भारतीय सुरक्षा अधिकारीको फोन समेतको जवाफ दिन शाहीले छाडेपछि मुम्बई प्रहरीले विशेष ब्युरोका अधिकारीहरुसँग सम्पर्क बढाउनुका साथै सूचना दिन थालेका थिए । यसका लागि नेपालस्थित भारतीय दूतावासले मध्यस्थता गरेको अवकाशप्राप्त ती भारतीय सुरक्षा अधिकारीले बताए । नेपालबाट यसरी लगियो भारत प्रहरीको विशेष ब्युरोका अधिकारीहरुले ११ पुस २०७६ मा नियन्त्रणमा लिएका लकडावालालाई भारतीय सुरक्षाकर्मीले २४ पुस २०७६ मा मुम्बईमा सार्वजनिक गरेको थियो । मुम्बई प्रहरीका तत्कालिन प्रमुख संजय बाभ्रेले लकडावाला सार्वजनिक कार्यक्रममा उनलाई बिहार राज्यको पटनामा पक्राउ गरेको जानकारी दिएका थिए । लकडावाला नेपालमा रहेको सूचना भारतीय प्रहरीले दिएको दुई दिनमै उनका एकजना नेपाली सहयोगी पच्छयाँउदै नियन्त्रणमा लिन ब्यूरो सफल भएको थियो । उनलाई एकजना एसपीको नेतृत्वमा रहेको टोलीले नियन्त्रणमा लिनासाथै प्राईभेट नम्बर प्लेटको गाडीमा राखेर दक्षिणकाली हुँदै वीरगञ्ज सीमासम्म लगेको थियो । लकडावाला पक्राउ परेको सूचना पाउना साथै मुम्बई प्रहरीको क्राइम ब्रान्च एन्टी एक्स्टोर्सन सेलले रातारात पटना लगेर त्यहाँबाट मुम्बई पुर्याएको थियो । मुम्बई प्रहरीले उनलाई केही दिन सेफ हाउसमा राखेर उनका सहयोगीका बिषयमा सोधपुछ गरेपछि मात्र उनी पक्राउ परेको जानकारी सार्वजनिक गरेको थियो । लकडावालाले पछिल्लो समय भारतीय ब्यापारीहरु खालिद बसाईवाला र साहपुरका अग्रवाल बिल्डर्सलाई धम्काएर रकम असुलेपछि मुम्बई प्रहरीको टोली उनको खोजीमा जुटेको थियो । १६ वर्षअघि क्यानडामा इन्टरपोल नोटिसका आधारमा पक्राउ परेका लकडावाला त्यसपछि कहाँ गए मुम्बई प्रहरीका लागि खोजीको बिषय थियो । प्रविधीको प्रयोगगर्द

ताजा अपडेट

खोजी गर्नुहोस