
पवन प्रसाद साह
वीरगंज, पर्सा
जिल्ला प्रहरी कार्यालय पर्सा मातहत ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटी गएको टोलिले भारतीय सुमो गोल्ड भन्सार छली नेपाल भित्र्याई पर्सा जिल्लाको ग्रामीण एरियाहरुमा अनाधिकृतरूपमा चलाइरहेको भन्ने प्राप्त सूचना अनुसार खोजतलास गर्दै जाने क्रममा जिल्ला पर्सा पटेर्वासुगौली गाउँपालिका वडा नं.५ निचुटा सडकखण्डमा द्यच्ण्छए ज्ञज्ञडज्ञ नम्बरको भारतीय सुमो गोल्ड गाडी सडकको छेउमा बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्सा ले जनाएको छ। साथै हक दावी गर्ने व्यक्ति खोजतलास गर्दा कोही कसैले हक दावी गर्न नआएको हुँदा उक्त गाडीलाई बरामद गरी रू.१०,००,०००।–(दश लाख) मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्सा का प्रवक्ता तथा सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाल ले जानकारी दिनुभयो।
