आफ्नो बारेमा भ्रामक समाचार प्रकाशन भएको भन्दै आपत्ति जनाए (पूर्व मन्त्री प्रभु साह

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ कार्तिक ५, शुक्रबार (४ साल अघि)
  • ५ पटक पढिएको
आफ्नो बारेमा भ्रामक समाचार प्रकाशन भएको भन्दै आपत्ति जनाए (पूर्व मन्त्री प्रभु साह

कृष्ण तिवारी ।रौतहट असोज ०४ गते ।
नेकपा एमालेका नेता एवम् पूर्व मन्त्री प्रभु साहले आफ्नो बारेमा भ्रामक समाचार प्रकाशन भएको भन्दै आपत्ति जनाएका छन् ।
रातोपाटी लगायतका अनलाइनहरुमा ‘प्रचण्डमुक्त देश बनाउने घोष्णा गरेका प्रभु साह माओवादी केन्द्रमा फर्किने’ भन्ने हेडलाइनसहित छापिएको समाचार प्रति उनले आपत्ति जनाएका हुन् ।
आफनो ब्व्यक्तिगत स्वार्थका कारण माओवादी आन्दोलनलाई टुक्रा टुक्रा गरि सिङ्गो देशलाई नै अस्थिरताको खाडलमा धकेलने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दहाल ‘प्रचण्ड’को नेतृत्वमा कोही पनि सच्चा माओवादीरक्रान्तिकारीहरु एकताबद्ध हुन नसक्ने पनि उनले बताएका छन् ।
संसदीय व्यवस्था खड़ा गरि देशलाई अन्यौलग्रस्त एवं अस्थिर बनाउने प्रचण्डकै कारण आज हजारौ योग्य नेपालीहरु विदेश पलायन हुन बाध्य भएको आरोप पनि साहको छ ।
उनलेभनेका छन् ‘वर्तमान राजनीतिक संकटको अग्रगामी निकासको लागि क्रान्तिकारीहरुको ध्रुविकरण अपरिहार्य आवश्यता हो । यसको लागि आफू निरन्तर क्रियाशील रहेको कुरा सर्वबिदित नै छ । तर जनतालाई धोखा दिने अनैतिक। असफल एवं अबिश्वसनिय व्यक्तिको नेतृत्वमा कदापि होईन ।’
‘रातोपाटी जस्तो प्रतिष्ठित अनलाइनले यस्ता भ्रामक समाचार सम्प्रेषण गर्दा सिंगै मिडिया जगतको विश्वनियतामाथि प्रश्न चिन्ह खडा भएको छ । यस्ता भ्रामक र प्रायोजित समाचारको भ्रममा नपर्न सबैमा आग्रह गर्दछु ।’ उनले थपेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस