सागर संगम ठाकुर । रौतहट कार्तिक ५ गते
रौतहटमा नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरूले गरे सरसफाइ अभियान चलाएका छन् । जिल्लाको गुजरा नगरपालिका वडा नं. ९ सिम्रा भवानीपुरमा अभियान अन्तर्गत सो कार्यक्रम संचालनमा ल्याएको हो । स्वच्छ नगर हाम्रो रहर भन्ने मुल्ल उदेश्यका साथ सचेतना फैलाउने उदेश्यले सरसफाइ कार्यक्रम आयोजन गरिएको समाजवादीका नेता ऋषि तिवारीले जानकारी दिनु भयो । एकीकृत समाजवादीको गुजरा नगर अध्यक्ष सुरेन्द्र पनुहरको नेतृत्वमा सो टोलमा सरसफाइ गरिएको थियो । सरसफाई कार्यक्रममा वडाध्यक्ष दिपेन्द्र पनुहर,राहुल चौधरी,रोहित चौधरी,जोगिन्द्र सर,सोभा देवी चौधरी,रिना चौधरी सहित स्थानीय भद्रभलादमी,बुद्धिजीवीहरूको सहभागिता रहेको थियो ।
रौतहटको गुजरा ९ मा समाजबादीका कार्यकर्ताहरूले शुरु गरे सरसफाइ अभियान


