रमेश कुमार यादब । कार्तिक ०५,रौतहट
रौतहट प्रहरीले भारतीय रुपैयाँ सहित एक जनालाई पक्राउ गरेको छ । बिहीबार दिउँसो करिब १ बजेको समयमा सिमा प्रहरी चौकी बन्जरहाबाट खटिएको प्रहरी टोलीले रु. १ लाख ८० हजार भारतीय रुपैयाँ सहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको बताएका छन् । रौतहटको ईशनाथ नगरपालिका वडा नं—१ बन्जरहा स्थित बकैया खोलाको बाँधमा चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेको भारत बिहार राज्य शिवहर जिल्ला ग्राम पंचायत वेलवाघाट वडा नं. ५ वस्ने विश्वनाथ साह कानुको छोरा अन्दाजि वर्ष २२ को सुशिल कुमार साहलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरिक्षक नरायण प्रसाद चिमोरिया जानकारी दिएका छन् । साहले बोकेको झोला चेकजाँच गर्दा एक लाख असी हजार भारतीय रुपैयाँ फेला परेको प्रहरीले जनाएका हुन् । बरामद भएको रुपैयाँ सहित साहलाई शुक्रबार थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाईएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरिक्षक चिमोरियाले जनाएका छन् । त्यसतै गत असोज १० गते रौतहटको ईशनाथ नगरपालिका–२ औरैयाबाट श्रोत नखुलेको साढे चार लाख रुपैंया सहित २ जनालाई प्रहरीले पक्राउ गरेको थियो । रौतहटको इशनाथबाट भारत तर्फ जादैं गरेको मोटरसाइकल चेकजाँच गर्ने क्रममा ४ लाख ५१ हजार नगद सहित ईशनाथ नगरपालिका ३ का निरज कुमार साह र रामचन्द्र राउतलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपि बिनोद घिमिरे जनाएको थियो । रौतहटमा पनि अबैध कारोबारीको रुपमा परिचित हुदैँ गईरहेको छ । प्रहरीले जति सक्रिय हुँदा पनि अबैध तस्करी गर्ने तस्करहरुको रजगज बढदैँ गईरहेको छ । रौतहटको ईशनाथ नगरपालिकाबाट यो भन्दा अधि पनि नेपालमा प्रतिबन्धित भारतिय रुपैँया सहित पक्राउ परेका थिए । त्यसतै गत भदौँ ३ गते पनि ईशनाथ नगरपालिका वार्ड नं.१ बंजरा टोलको लाल बकैयाको बाधमा चेक जाँच गर्ने क्रममा मोटरसाईकलमा सवार रहेको रौतहट जिल्लाको गौर नगरपालिका वार्ड नं.४ टिकुलिया बस्ने अन्दाजी ३० बर्षको सुखाडी सहनी र स्थानिय गरुडा नगरपालिका वार्ड नं.१ जयनगरको अन्दाजी बर्षको ३५ को अनिल भन्ने बिकास साहलाई श्रोत नखुलेको भारतीय रुपैयाँ १, ८३,५००। एक लाख त्रिरासी हजार पाँच सय रुपैँया सहित फेला परेको थियो ।
रौतहटबाट स्रोत नखुलेको १ लाख ८० हजार भारतीय रुपैयाँसहित एक जना पक्राउ


