रमेश कुमार यादब कार्तिक ०७,रौतहट
रौतहटको बृन्दावनमा जनता सम्क्ष नागरिक सम्बोधन कार्यक्रम सम्पन भएको छ । रौतहट जिल्लाको पुर्वी भेगमा पर्ने बृन्दावन नगरपालिकामा नगर प्रमुख रामस्नेहि राय यादबद्धारा गरिएको नागरिक सम्बोधन कार्यक्रम सम्पन भएको छ ।बृन्दावन नगरपालिकाको कार्यालय छेउको जस्ता पताले निमार्ण गरेको ठाउँमा बिभिन्न वाडको जनप्रतिनिधिहरुको रोहबरमा उक्त कार्यक्रम सम्पन भएको हो । कार्यक्रममा बिभिन्न जनप्रतिनिधिहरुले आफ्नो–आफ्नो मनत्बय राखेका थिए । मन्त्बय राख्ने क्रममा बृन्दावन नगरपालिको नगर प्रमुख राम स्नेहि राय यादबले बितेको दशैँ तथा आउदो शुभदिपावली र हिन्दु धर्मालम्बीहरुको महान चाड छठ पर्वको अवसरमा आफ्नो नगरबासि ,शुभचिन्तक ,राजनैतिककर्मि ,समाजसेवी ,प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा साथ दिनुहुने तथा देशबिदेशमा रहनु भएका सम्पुर्ण दिदीबहिनी तथा दाजुभाईमा हार्दिक शुभकमना ब्यतm गरेका थिए । उहाँले मन्त्बय राख्ने क्रममा बृन्दावन नगरपालिकाका जति पनि ब्यतिहरु रहेका छन तथा कुनै पाटीमा आवद्ध रहेका छन तर सबै जना एक नै हौ । कुनै कार्य गर्दा हाम्रो बृन्दावन नगरबासि एक भएर काम गर्ने गरेका छन यो हाम्रो लागी सबभन्दा ठुलो र गौरबको कुरो हो जसले हाम्रो नगरपालिका चर्चामा रहेका छन । तर हाम्रो नगरपालिकामा एक भएर र राम्रो काम देखेर केहि अन्र्रगल ब्यतिहरुले बिग्रने बिभिन्न किसिमका प्रपन्च रचिरहेका छन । तर कहिलेँ पनि त्यो प्रपन्च सम्पन नहुने बताएका थिए । हाम्रो नगरपालिका र समाजमा कुनै पनि उचश्रृख्ल काम गर्न तथा गराउन खोज्ने ब्यतिलाई हामी तह लगाउनमा पनि पछि नपर्ने बताएका थिए । उहाँले यो पनि थपेका थिए कि हाम्रो अवधिमा मैँले भनेको कुरा कुनै ठाउँमा नहुन पनि भएको होला तर त्यसलाई हाम्रो अवधि जति बाँकी छ त्यो काम त्यसलाई गर्ने प्रतिबद्धता जनाएका थिए ।नगर प्रमुख यादबले आफ्नो नागरिकलाई यो पनि सुझाव दिएका थिए कि कुनै पनि ब्यतिmलाई केहि समस्या छ भने सिधैँ मसँग सम्पर्क गर्न आग्रह गरेका थिए तर कुनै बहरुपीयाको भनाईमा नलाग्न सुझाव पनि दिएका थिए । उहाँले हाम्रो नागरिक हाम्रो लागी भगवान सरह नै रहेको छ जुन बेला भेटन मन लाग्यो भने आउन सक्छ हाम्रो नगरबासिको लागी हर समय ढोका खुल्ला रहेको बताएका थिए । बृन्दावन नगरबासिहरुलाई बाल पोषन भताको लागी बैँकहरुमा छिटो भन्दा छिटो खता खोली बाल पोषन भता लिन आग्रह गरेका छन । खाता नखोल सम्म पैसा पठाउन असमर्थ हुने बताएका छन । नागरिक सम्बोधन तथा शुभकमना अदानप्रदान कार्यक्रममा बृन्दावन नगरपालिकाको वार्ड नं.३ को वडाअध्यक्ष रामेश्वर राय यादब उर्फ सचिन्द्र राय यादब ,सोहि न.पा–४ को वडाअध्यक्ष श्यामनन्दन यादब ,२ नंको वडा अध्यक्ष सिकिन्द्र राउत कुर्मि ,५ नं.को वडा अध्यक्ष सुबोध चौधरी ,६ नं.को वडाअध्यक्ष शेष असलम ,७ नं.को वडाअध्यक्ष जयमंगल पडित कुम्हार ,८ नं.को वडाअध्यक्ष दिनानाथ महतो ,९ नं.को वडाअध्यक्ष नाजिर हुसैन लगायत सयकडौँ राजनैतिककर्ता बुद्धजिबि ब्यतिmहरुको उपस्थिती रहेको थियो ।
रौतहटको बृन्दावन नगरपालिकाको नगर प्रमुख यादबद्धारा नागरिक सम्बोधन कार्यक्रम सम्पन


