रौशन कुमार चौधरी । कार्तिक ०७,रौतहट
रौतहटमा श्रीमतिले आफ्नो श्रीमानको लामो आयुको लागी करवाचौथ सम्पन गरेका छन । हामीहरुको ठाउँमा पनि धेरै नै ब्रत हुँदै आईरहेको छ जसमा एउटा पर्व करवा चौथ पनि रहेको छ । कलेन्डरको अनुसार प्रत्येक बर्ष कार्तिक शुक्लमाहको कृष्ण पक्षको चतुर्थीको बिवाहित महिलाहरु आफ्नो श्रीमानको लामो आयु होस भने उदेश्यले गर्ने गरेका छन । यो पर्व बिशेष गरि भारतमा गर्ने पर्व रहेको छ तर रौतहटमा आईतवारका दिन मनाईएका छन । यो पर्व चर्चामा आएको कटहरिया नगरपालिकाको एक महिलाले बताएका छन । यो पर्व आफ्नो नियम अनुसार धेरै कठिन रहेको छ । दिलिप कुशवाहा अनुसार यो पर्व सुर्योदय भन्दा पहिलो सुरु गर्ने गर्छन । यो पर्व दिनभर निर्जल ब्रत पछि रातको चाँन्द दर्शन पछि ब्रत खोल्ने चलन रहेको यादबले बताईन । बिवाहित महिलाले आफ्नो श्रीमानको अगाडी उभिएर दर्शन गर्ने र पतिको हाथबाट पानी ग्रहन गरि ब्रत तोडने गरिन्छ । यो पर्वमा कालो रङ्गलाई असुभ पनि मानिएको बताएका छन ।त्यस कारण यो पर्वका दिन सकेसम्म रातो लुगा लगाउने किनभने रातो रङ्गलाई मायाको प्रतिक मानिएको बताए । शास्त्र अनुसार करवा चौथ ब्रतको दिन महिलाले आफ्नो पतिसँग झगडा नगर्ने ,झगडा गर्नाले ब्रतको फल नमिल्ने पनि शास्त्रबिदहरुले बताउ छन । करवा चौथ ब्रतको दिन सेतो बस्तु दान नगर्ने जस्तै सेतो कपडा ,दुध ,चावल ,दहि र सेतो प्रकारका मिठाई दान नगर्ने भनिएका छन । आजको दिन तिखो बस्तुलाई प्रयोगमा नल्याउने जस्तै सियो धागोबाट हुने काम कटाई सिलाईको काम नगर्ने यो कुराहरु यो पर्वमा गरियो भने असुभ मानिन्छ ।
रौतहटमा करवा चौठ पर्व धुमधामसँग गरियो सम्पन


