रौतहटको राजदेवी नगरपालिकाबाट एक वेवारिसे शव फेला

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ कार्तिक ८, सोमबार (४ साल अघि)
  • ६ पटक पढिएको
रौतहटको राजदेवी नगरपालिकाबाट एक वेवारिसे शव फेला

राजेश पासवान।कार्तिक ८ गते रौतहट । रौतहटको राजदेवी नगरपालिकाबाट एक वेवारिसे शव फेला परेको छ । सोमबार बिहानै ८:३० बजे को समयमा रौतहटको राजदेवी नगरपालिका वडा नम्बर ४ स्थित बागमती खोलाको बगर पानीमा नामथर, वतन नखुलेको अन्दाजी ५०/५४ बर्षिय पुरुषको शव सडेगलेको अवस्थामा फेला परेको हो । मृतक लास सडीगली दुरगन्धित भएर पानीमा तैरीरहेको अवस्थामा फेला परेकोले घटनास्थल तथा लास जाँच मुचुल्का समेतको कार्य पुरा गरी लास पोष्ट मार्टमको लागी गौर अस्पतालमा पठाइएको छ। लासको सनाखत हुन नसकेकोले पहिचान गर्न सक्ने व्यक्तिहरुले जिल्ला प्रहरी कार्यालय, रौतहटको मोबाईल नम्बर ९८५५०४०९९९ वा१०० मा सम्पर्क गर्न समेत रौतहट प्रहरीले अनुरोध गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस