रौशन कुमार चौधरी । कार्तिक १० गते रौतहट
प्रहरीद्वारा चन्द्रपुर चोक बाट लागू औषध Nitrazepam Tablets IP NITRAVET-10 सहित दुई जना पक्राउ परेका छन । बिशेष सूचनाको आधारमा चन्द्रपुर इलाका प्रहरी कार्यालयबाट र लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंजबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उक्त व्यक्तिहरुलाई कार्तिक ९ गते मंगलवार बेलुका करिब साढ़े ७ बजेको समयमा पक्राउ गरेको थियो । चन्द्रपुर नगरपालिका वडा नं.४ स्थित पूर्व पश्चिम लोकमार्ग अन्तर्गत पर्ने चन्द्रनिगाहपुर चोकमा चेकजाच गर्ने क्रममा सर्लाही जिल्ला ईश्वरपुर न.पा.वडा नं.५ पोखरिया बस्ने कुरुमान अंसारीको २२ वर्षीय छोरा रोज महमदले पिठयूमा भिरेको झोला भित्र लुकाई छिपाई ल्याएको १० वटा प्याकेटमा ३ हजार टयाव्लेट लागु औषध Nitrazepam Tablets IP NITRAVET-10 सहित फेला परेको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्ने रोज महमदलाई ईलाका प्रहरी कार्यालय चन्द्रपुरमा ल्याई बरामद भएको लागू औषधहरु के कँहा बाट ल्याएको हो भनी सोधपुछ गर्दा उक्त लागू औषध सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं.२ बस्ने खैरु दासको अन्दाजी ३७ वर्षीय छोरा देवेन्द्र दासले दिएर पठाएको बताएको छ । अर्का अपराधी दासलाई पनि च.पुरबाटै पक्राउ गरी उनीहरुको बिरुद्धमा लागू औषध शिर्षकमा मुद्दा दर्ता गरी कार्तिक १० गते सम्मानित अदालतबाट म्याद गराई ईलाका प्रहरी कार्यालय चन्द्रपुरको न्यायायिक हिरासतमा राखि अनुसन्धान कार्य भइरहेको ई प्र का चन्द्रपुरले जनाएको छ ।


