कार्तिक १० गते
मौलपुर नगरपालिकाको पतौरा प्राथमिक स्वास्थ केन्द्रमा सेवा पुर्याउन मेयर रिना कुमारी साहद्वारा ४ जना स्वास्थ्यकर्मी नियुक्त गरिएको छ। स्वास्थ्य सेवा प्रवाहलाई जन जन समक्ष अझ चुस्त दुरुस्त र गुणस्तरीय बनाउन मौलपुर नपा स्थित पतौरा प्राथमिक स्वास्थ्य केन्द्रमा स्तरीय सेवा पुर्याउन उक्त स्वास्थ्यकर्मिहरुलाई नियुक्त गरिएको मेयर साहले बताइन। नवनियुक्त कर्मचारीहरुमा मेडिकल अधिकृत २ जना एवं स्टाफ नर्स र अनमी गरेर २ जनालाई नगरप्रमुख रिना कुमारी साहले नियुक्ति पत्र प्रदान गर्नु भएको छ । साथै नवनियुक्त कर्मचारीहरुलाई बधाई एवं सफल कार्यकालको शुभकामना दिदै टीका लगाई स्वागत तथा दोसल्ला ओढाई सम्मान गर्नु भयो । नियुक्ति हुनेहरुमा मेडिकल अधिकृत तर्फ वरुण कुमार साह र धिरेन्द्र यादव स्टाफ नर्स तर्फ नितु कुमारी साह त्यस्तै अनमी तर्फ सरस्वती चौधरी गरेर ४ जना रहेका छन । सो अवसरमा मौलापुर नगरपालिकाका नगर उपप्रमुख गौरीशंकर प्रसाद जयसवाल, निमित्त प्रमुख प्रसाशकीय अधिकृत रामबाबू साहले नव नियुक्त कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको छ ।


