रमेश कुमार यादब कार्तिक १०
रौतहट रौतहट जिल्लाको चन्द्रपुरम रहेको मालपोत कार्यालयमा नेपाल बैँक काउन्टर सन्चालनमा आएको छ ।मालपोत कार्यालयले सेवाग्राहीहरुको समस्या देखेर र त्यसको मध्यनजर गर्दै सोहि कार्यालय भित्र नेपाल बैँक लिमिटेडको काउन्टर सन्चालनमा ल्याएको छ । मालपोत कार्यालयमा बैँकिङ्ग सेवा हुँदा सेवाग्राहीले खुसि भएका छन । यो सेवा सुरु हुनुभन्दा अगाडी सेवाग्राहीले एक दिनमा हुने काम बैँकमा तिर्नु पर्ने राजस्वको कारण सोहि काम दुई दिनमा हुने गरथ्यो । अव सो सेवा मालपोत कार्यालय भित्र उपलब्ध हुदा सेवाग्राही निकै नै खुसि भएको छ । यो काउनटर सन्चालन हुनु भन्दा अधि मालपोत कार्यलयबाट रसिद कटाउन धेरै टाढा हिँडेर जानु पथ्र्यो साथै २/३ घण्टा लाईनमा आफ्नो पालो कुरेर चन्द्रनिगाहपुर शाखाको नेपाल बैँक लिमिटेडमा बस्नु पथ्र्यो । तर नेपाल बैँक लिमिटेडको काउण्टर मालपोत कार्यालय भित्र हुँदा काम छिटो छरितो हुने रौतहटको बृन्दावन नगरपालिकाको स्थानिय प्रमोद प्रसाद यादब बताए । नेपाल बैँक लिमिटेडको काउन्टर बुधबारको दिन देखि सन्चालनमा आएको र सेवाग्राहीले लाभ लिईरहेको मालपोत कार्यालयका मुद्धा शाखा एवंम सुचना अधिकारी रामगिर मुखिया जानकारी दिनुभएको छ । मुखियाले भने यस काउन्टरबाट मालपोतको सेवाग्राहीले मात्र लाभ लिने भनि यस काउन्टर सन्चालन ल्याएको मुखियाले बताए । यस सेवाले सेवाग्राहीको समय बचत हुने साथै काम पनि छिटो हुने बताए ।मालपोतमा काम गर्ने कर्मचारीहरुलाई आग्रह पनि गरेकि सेवाग्राहीलाई दुःख नदिन बताए ।


