सिंहदरबारमा एक राउन्ड गाेली फायर

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ कार्तिक १०, बुधबार (४ साल अघि)
  • ५ पटक पढिएको
सिंहदरबारमा एक राउन्ड गाेली फायर

काठमाण्डाै –कात्तिक १०

जाँचका क्रममा आज बुधवार दिउँसाे सिंहदरबारभित्र एक राउन्ड गोली फायर भएको छ । 

राष्ट्रिय सभाका उपाध्यक्ष शशीकला दाहालका निजी सुरक्षा गार्ड प्रहरी सहायक निरीक्षक अनुपमा भारतीको साथमा रहेको पेस्तोलबाट एक राउन्ड गोली फायर भएको हो । संसद् सचिवालयको भवन नम्बर २ मा याे घटना भएको र त्यसबाट मानवीय क्षति नभएको जनाइएको छ ।   

ड्युटी सकेर पेस्तोल जाँच गर्ने क्रममा गोली फायर भएकाे प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान जारी रहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिनुभयो ।    उज्यालो

ताजा अपडेट

खोजी गर्नुहोस