रौशनकुमार चौधरी । कार्तिक १३ गते
रौतहटको मध्य भागमा अवस्थित गरुडा नगरपालिकाको मालपोत कार्यालय गरुडामा प्रमुखको रुपमा ओमप्रकाश यादवलाई स्वागत गरिएको छ। मालपोत कार्यालय गरुडामा कार्यालय प्रमुखको जिम्मेवारी पाएका ओमप्रकाश यादवलाई कार्यालय परिसरमा एक कार्यक्रम गरि स्वागत कार्य सम्पन्न भएको हो । यस अघि यादव लामो समयदेखि रौतहटको परोहा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतको पदमा रहि कार्यालयका कार्य गरिरहनु भएको थिए । मालपोत कार्यालय गरुडाको लेखापाल सराेज कुमार दास, नि. कार्यालय प्रमुख रविन्द्र कापर, सुब्बा अरूण साह , रामबाबु साह लगायतका कर्मचारीहरूले मालपोत कार्यालय गरुडाले नया कार्यालय प्रमुखको रुपमा यादव हाजिर भएको मौका पारेर वहाको स्वागतको लागि एक कार्यक्रम आयोजन गरि भव्य रुपमा स्वागत गरेका छन ।


