रौतहटको गरुडामा राष्ट्रिय दलित पत्रकार संघ नेपाल शाखाको प्रथम भेला तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ कार्तिक १३, शनिबार (४ साल अघि)
  • ६ पटक पढिएको
रौतहटको गरुडामा राष्ट्रिय दलित पत्रकार संघ नेपाल शाखाको प्रथम भेला तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

राजेश पासवान ।कार्तिक १३ गते।रौतहट ।

राष्ट्रिय दलित पत्रकार संघ नेपाल शाखा रौतहटको प्रथम भेला तथा शुभकामना आदानप्रदान कार्यक्रम भब्यताका साथ सम्पन्न भएकोछ । रौतहटको जिल्लाको गरुडा नगरपालिका वडा नम्बर ४ गरुडामा अवस्थित ब्लुमुन होटेलको सभाहलमा सम्पन्न कार्यक्रममा नेपालीहरुको महान चाँड पर्व शुभ दिपावली एवम् छठ पर्वको शुभ अवसर पारी राष्ट्रिय दलित पत्रकार संघ नेपालको रौतहट शाखाले प्रथम भेला तथा शुभकामना अदानप्रदान कार्यक्रम शनिबार सम्पन्न गरेको छ । लोकतन्त्रको मुल आधार,सामान हभागीता र विभेद मुक्त सामाज,अभिव्यक्ति स्वतन्त्रता र मर्यादित पत्रकारिता हाम्रो आवाज भन्ने नाराका साथ सो कार्यक्रम गरिएको थियो । कार्यक्रमबाट संघको कार्यालय गरुडामा संचालन हुने,हरेक महिनाको १ गतेका दिन रा.द.प.संघमा आवद्ध सदस्यहरुको भेला हुने र छिटै संघको कोष संचालन हुने सर्वसहमतिले पारित भयो। कार्यक्रमको अध्यक्षता राष्ट्रिय दलित पत्रकार संघ नेपाल रौतहट शाखाका अध्यक्ष राजेश पासवान निर्माणीले गर्नुभएको थियो भने,कार्यक्रमा उक्त संघको जिल्ला उपाध्यक्ष एवम् कटहरिया एफ.एम.का समाचार वाचक दिपेन्द्र रजक,कोषाध्यक्ष एवम् शिलादीप अनलाइन खब्बरका संचालक प्रदिप दास.सचिव सुनिल रजक,वरिष्ठ सदस्य शम्भु दास,सदस्यहरु जयनरायण पासवान,लखिन्द्र पासवान,सरोज पासवान र कृष्नन्दन दास समेतको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै संघका रौतहट शाखा अध्यक्ष राजेश पासवानले भने,संघले दलित समुदाय माथि भइरहेको अन्याय र अत्याचारको बिरुद्ध बुलन्द आवाजका साथ लड्ने र निमुखाहरुको आवाज समेत बनेर लडिरहने उनले बताए। साथै दलित समुदायको व्यक्तिहरु जुनसुकै पेसाबाट भएपनि मिसन एउटै राखेर अगाडि बढन आग्रह समेत गर्दै अबको केही दिनमै दलित समुदायबाट पनि पत्रकारको संख्या वृद्धि गर्न कुनै कसर न छोड्ने समेत वहाँले प्रतिबद्धता जनाउनुभयो।

ताजा अपडेट

खोजी गर्नुहोस