कृष्ण तिवारी
कार्तिक १५ गते, रौतहट ।
रौतहटमा सवारी दुर्घटना हुँदा एक जना प्रहरी जवानको मृत्यु भएको छ ।
जिल्लाको गढिमाई नगरपालिका ६ धर्मपुर घाट स्थित बागमति नदिको पुलमा सोमवार राति ९ बजेको समयमा मोटरसाइकल दुर्घटना हुँदा सर्लाहीको छोटौल बैरिया घर भएका प्रहरी जवान राम निवास यादवको मृत्यु भएको छ ।
रौतहटको प्रहरी चौकी बडहर्वामा कार्यरत रहेका प्रहरी जवान यादवको दुर्घटनामा परेर मृत्यु भएको हो ।
आफना घर सर्लाहीबाट विदा सकेर डिउटीमा फर्किने क्रममा यादव दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
सर्लाहीबाट रौतहट तर्फ आउँदै गरेको अवस्थामा उक्त पुलमा यादवले आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटनामा परेको बताइएको छ ।
प्रहरी जवान यादवको मृत्यु भएको भनिए पनि पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
घटना बारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक राजाराम केश्रीले जानकारी दिएका छन ।
धर्मपुरमा सवारी दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु


