दिपेन्द्र जयसवाल,बारा कार्तिक १६
बाराको कोल्हबी नगरपालिका वडा नं.७ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय बेलवा धोधरपामा आज शुभ दिपावली, छठ पर्व तथा नेपाल संवतको अवसरमा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । बिद्यालयका प्रधानाध्यापक रमाकान्त चौधरीको अध्यक्षतामा भएको सो शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रममा कोल्हबी नगरपालिकाका वडा नं.७ का वडा अध्यक्ष तथा बिद्यालय व्यवस्थापन समितिको अध्यक्ष बिरेन्द्र प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा कोल्हबी नगरपालिकाकी कार्यपालिका सदस्य ज्ञान्त्रि कुमारी चौधरी,कोल्हबी नगरपालिकाकी कार्यपालिका सदस्य बस्नती माझी,बिद्यालयका पूर्व प्रधानाध्यापक बन्धु प्रसाद बान्था,स्थानिय शिक्षाप्रेमी दिलमोहन चौधरी,सञ्चारकर्मी लगायतको सहभागिता रहेको सो कार्यक्रममा कक्षा १ देखि १० सम्मका छात्रछात्राहरूले गरेको नृत्यमा उत्कृष्ट भएका बिद्यार्थीहरूलाई सिल्ड मेडल र प्रमाण पत्र बितरण गरिएको थियो । भने कार्यक्रमको सञ्चालन बिद्यालयका शिक्षक पारसनाथ चौधरीले गरेको थियो ।


