मानव सूचांकमा सबैभन्दा पछाडी रौतहट पर्नुको कारण शिक्षामा राजनीति :- पुर्व मन्त्री प्रभु साह

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ कार्तिक १८, बिहिबार (४ साल अघि)
  • ६ पटक पढिएको
मानव सूचांकमा सबैभन्दा पछाडी रौतहट पर्नुको कारण शिक्षामा राजनीति :- पुर्व मन्त्री प्रभु साह

कृष्ण तिवारी ,कार्तिक १७ गते । रौतहट ।

मानव सूचांकमा सबैभन्दा पछाडी रौतहट पर्नु को मुख्य कारण शिक्षामा राजनीतिकरहेको पुर्व शहरी विकास मन्त्री प्रभु साहले बताएकाछन् |रौतहटको कटहरिया नगरपालिकमा शुभ दिपावली तथा छठ पर्वको उपलक्षयमा सरसफाई अभियान कार्यक्रममा बोल्दै पूर्वमन्त्री प्रभु साहले राजनीतिक फोहोर नहटेसम्म देशको विकास असम्भव रहेको बताएका छन् ।
नेता साहले आफैभित्र रहेको राजनीतिक फोहोर नहटेसम्म सुखी नेपाली र समृद्ध नेपालको परिकल्पना पूरा नहुने धारणा समेत राखेका थिए।
अहिले देशमा दूषित राजनीति, कुशासन र ब्यापक भ्रष्टाचार बढेको बताउँदै राजनीतिक भागबन्डाको अन्त हुनुपर्ने बताए ।
साहले शिक्षाको क्षेत्रमा भई रहेको राजनितीको कारणले गर्दा मानिसमा चेतना नभएको भन्दै शिक्षामा राजनितीक अन्त्य गर्नु पर्ने जोड दिनु भयो ।
रौतहटको नजरपुरको उदाहरण दिंदै आफ्नो गाउँ बनाउन सबभन्दा पहिले आफै संकल्प लिनु पर्दछ ।
रौतहट संसदिय निर्वाचन क्षेत्र ३ को कटहरिया बजार मुटु रहेको बताउंदै उहाँले स्थानीय ब्यापारी राजनीतिकर्मी,कर्मचारी र जनता सबै मिलेर समृद्धिको लागि पहल गर्नुपर्ने आग्रह गर्नु भयो ।
सरसफाई अभियानमा स्थानीय व्यापारी, राजनीतिकर्मी, कर्मचारी र जनता सबै मिलेर समृद्धिका लागि पहल गर्नुपर्नेमा उनले जोड दिए ।
कटहरिया नगरपालिका द्वारा आयोजित सरसफाइ कार्यक्रममा पुर्व मन्त्री प्रभु साह,पुर्व बिधायक कुन्दन कुश्वाहा,मेयर सियाराम कुश्वाहा, नगर प्रवक्ता एवं वडा अध्यक्ष चन्दन कुश्वाहा, जनता मावि कटहरियाका प्रधानाध्यापक योगेन्द्र कुश्वाहा, वडाअध्यक्षहरु,नगरपालिकाका कर्मचारी तथा ब्यापारीहरुले हात हातमा झाडु,र बेल्चा लिएर बजारको सफाई गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस