ओम प्रकाश यादव
कार्तिक १७ गते, रौतहट ।
दिपावली एवं छठ पर्व नजिकिएसँगै रौतहटका शहर बजारमा चहलपहल बढेको छ । जिल्लाका प्रमुख बजारहरु तिहारका सर सामानले अहिले भरिभराउ छन । चार्डबार्डका लागि चाहिने सामाग्री जोहो गर्नेहरुको अहिले देखी नै जिल्लाका बजारहरुमा भिड लाग्न थालेको छ ।
जिल्लाका प्रमुख बजारहरुमा यतिखेर दिपावली एवं छठका सामाग्री किनमेल गर्नेहरुको घुइँचो लाग्न थालेको छ ।
जिल्लाका गौर, गरुडा, कटहरिया, समनपुर, चन्द्रनिगाहपुर लगाएतका बजारहरुमा यतिखेर तिहारका लागि लत्ताकपडा, फलफुल, फूलमाला, मसला लगाएतका सर सामान किन्नेहरुको भिडभाड लाग्न थालेको छ ।
कार्तिक १८ गते विहिवार शुभदीपावली अर्थात लक्ष्मी पुजा गरिदै छ । जिल्लाको प्रमुख व्यापारीक केन्द्रको रुपमा रहेको गरुडा बजारमा बुधवार धनकी देवी लक्ष्मी पुजाका लागि आवश्यक पर्ने लक्ष्मी, गणेशको तस्विर, घर सजाउनका लागि झिलिमिली बत्ती, माटोको दियो, भाइटिकाको मसला लगाएतका सर सामान किन्नेहरुको अत्याधिक भिड लागेको थियो ।
अहिले ठाउँ ठाउँमा अस्थायी पसल थापेर तिहारका सामाग्री बिक्रि भइरहेको देखिएको छ । अस्थायी पसलमा राखिएको प्लास्टिकको माला, रङ, अबिर, लक्ष्मी र गणेशको तस्बिरले तिहारको रौनक बढाएको स्थानीय नेता कन्थमनी प्रसाद जयसवालले बताए ।
तिहार लक्षित गरी सामान राखिएको पसलहरुमा अस्वभाविक भिड बढेको नेता जयसवालले बताए ।
पूजा सामाग्री सहित माटोको दियो, गाग्री र घर सजावटका सामाग्रीका साथै खाद्यान्न, फलफूल एवं लत्ताकपडा खरिद गर्नेहरुको अस्वभाविक भिड बढेको देखिएको छ ।
अहिले खासगरी माटोको भाडा, फलफूल, खाद्यान्न, किराना पसल आदिमा भिड बढेको छ । अन्य समय भन्दा दीपावली र छठमा माटोको दियो लगाएतका सामाग्री बढि विक्रि हुने गरेको गरुडा बजारमा दियो बेच्दै गरेका महम्मदपुरका सुमन पंडितले बताए ।
चार्डबार्डको समयमा अरुबेला भन्दा व्यापार राम्रो हुने भएकोले बजारमा सामग्री प्रदर्शनको र होडबाजी समेत चलेको छ ।
व्यापारिका लागि चार्डबार्ड कमाउने मौका बनेर आएको छ भने आकासीदो महँगी, पसल पिच्छेको फरक मुल्यले गर्दा सर्वाधारणहर हैरान बनेका छन ।
मौकामा चौका हान्न पल्किएका व्यापारी र त्यसमा आँखा चिम्लेर समर्थन गर्ने प्रसाशन, बजार अनुगमनमा ध्यान नदिने स्थानिय सरकार र उपभोगत हितका लागि गठन गरिएका बिभिन्न संस्था समेत मिसावट, र कृतिम मूल्य बृद्घिका बारेमा चाल नपाए जस्तो गर्ने गलत प्रवृतिले सर्वसाधरण ठगिने क्रम बढ्दै गएको माधोपुरका बिन्देश्वर यादवले बताएका छन ।
यसैविच दीपावली र छठ जस्ता चाडपर्ब नजिकीएसंगै सीमापारिको बजार बैरगनिया र घोडासाहनमा सामान खरिद गर्न जाने नेपालीको संख्या पछिलो समय बढ्दै गएको छ । भारतको बैरगनिया र घोडासाहन बजार नजिकै रहेको र त्यहाँ सर सामान सस्तो पर्ने गरेको कारण नेपालीहरु चार्डबार्डका बेला सामान खरिद गर्न भारतिय बजारमा जाने गरेका छन ।
चाडपर्बका बेला सिमापारी खाद्यन्य, लताकपडाका साथै दैनिक उपभोग्य सामग्री खरिद गर्न नेपाली जानुले त्यहाँका व्यापारी लाई भने भ्याइनभ्याई भएको बताउछन् । बैरगनियाका व्यापारी मुकेश अग्रवालले भने नेपाल बाट दैनिक उपभोग्य, बस्तु लता कपडा खरिदका लागि नेपाली प्राय बैरगनिया नै आउने गरेका छन् ।
तिहारको सामाग्री किनमेल गर्नेहरुको रौतहटको बजारमा अस्वभाविक भिड


