रमेश कुमार यादब
कार्तिक १७,रौतहट
रौतहटको सडक बचाउ तथा सरसफाई अभियान अन्तर्गत सडक सरसफाई कार्य सम्पन गरेको छ । शुभ दिपावली तथा हिन्दुहरुको महान छठ पर्वको विशेष अवसरमा रौतहट जिल्ला सखुआवा धमौराको युवाहरु एक जुट भई सडक सरसफाई गरेको छ । रौतहट जिल्लाको बृन्दावन नगरपालिका–७ मा पर्ने सखुआवा धमौरामा नव युवक समितिको अध्यक्ष चन्द्रशेखर पटेलको अध्यक्षतामा सडक सरसफाईको अभियान भब्यका साथ सम्पन गरेका छन ।सखुआवा धमौरामा आयोजित सरसफाई विशेष कार्यक्रम उत्साहवर्धक जनसहभागिता सहित हर्षोल्लास पूर्वक सभ्य एवं भव्य रुपमा सु–सम्पन्न भएको ईमराजुल मंसुर जानकारी दिएका छन । कार्यक्रममा सहभागि भएका ब्यतिmहरु हाथ–हाथमा झाडु लिएर सरसफाई गरेका थिए ।सोहि वार्डको १० किलोमिटरसम्म सडक सरसफाई गरेका थिए । साथै सडकमा मानिसहरु पशुचौपाया छोडनाले बिभिन्न किसिमको दुर्घटना हुने भएकोले यस्ता कार्यलाई पनि नियन्त्रणमा लिन बताएका छन । सडकमा बाख्रा ,गोरु ,भैँसि लगायत बिभिन्न पशुचौपायालाई छोडनाले दुघर्टना भईरहेको छ । त्यसता पशुचौपायाहरुलाई नियन्त्रणमा राख्न गाउँका मानिसहरुलाई आग्रह गरे र सडक अतिक्रमण गरेर बिभिन्न किसिमको समाग्री जस्तै गोबर ,बाख्रा बाँध्ने ,गाई ,गोरु ,भैँसि बाधेको कारणले सर्वसाधारण तथा मोटरसाईकल ,साईकल र पैदल यात्रा गर्नेहरुलाई धेरै नै समस्या भईरहेको हुँदा सो बस्तुहरुलाई नव युवक समितिको सक्रियतामा हटाएर सहकलाई फराकिलो गरिएको थियो । सडक फराकिलो हुँदा सर्वसाधारण तथा आवतजावत गर्नेहरु खुसि भएका छन । नव युवक समितिको अध्यक्षले पटेल यति मात्र होईन अब देखि प्रत्येक महिनामा दुई पटक यो अभियान चलाउने बताए ।शुभदिपावली तथा छठ पर्वमा आफ्नो घर, टोल–बस्ती तथा गाउँघरको फोहरमैला सरसफाई गरे जस्तै नव युवक समितिले गलत सोच एवं चिन्तन, समाजमा विद्यमान हरेक किसिमको बेथिती, विसंगति एवं विकृतिहरु तथा मुलुकमा व्यापत ब्रह्मलुट, भ्रष्टाचार, कुशासन र जनादेश एवं जनविरोधी हर्कतहरुको समेत सफाया गर्ने सु–अवसर प्राप्त होस् भन्ने शुभेच्छा सहित महान पर्व शुभ दिपावलीको विशेष अवसरमा सम्पूर्ण प्रिय तथा परिवारजनमा स्वक्षता, सद्बुद्धि, सुस्वास्थ्य, दीर्घ जीवन, सुख, शान्ति, धन ऐश्वर्य एवं उतरोत्तर प्रगतिको हार्दिक शुभकामना समेत व्यक्त गरेका थिए ।
सरसफाई अभियान युवा समिति द्धारा सडक सरसफाई कार्यक्रम सम्पन


