चुजीको सहयोग तथा पत्रकार पासवानको सक्रियतामा दलितहरुलाई खाधान्न सामाग्री वितरण

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ कार्तिक १९, शुक्रबार (४ साल अघि)
  • ५ पटक पढिएको
चुजीको सहयोग तथा पत्रकार पासवानको सक्रियतामा  दलितहरुलाई खाधान्न सामाग्री वितरण

राजेश पासवान।कार्तिक १८ गते।रौतहट ।

चुजी फाउन्डेसन को आर्थिक सहयोग र दलित सरोकार मन्च नेपालको सहकार्यमा,राष्ट्रिय दलित पत्रकार संघ नेपालको द्धारा रौतहटको वृन्दावन नगरपालिका वडा नम्बर ८ का १५२ जना दलित परिवारलाई राहत स्वरुप खाधान्न सामाग्री वितरण गरिएको छ।

राष्ट्रिय दलित पत्रकार संघ नेपालको रौतहट शाखा अध्यक्ष राजेश पासवान को पहल तथा सक्रियतामा सम्पन्न राहत वितरण कार्यक्रममा सो वडाका १५२ जना दलित परिवारलाई जनही १ बोरा चामल,१ बोरा पिठो,दाल १ किलो,चिनि १ किलो,नुन १ किलो, खाने स्वाविन तेल १ किलो र गोद्रेज साबुन ४ ओटा गरी जम्मा ७ प्रकारका खाधान्न सामाग्री वितरण गरिएको हो।

कोरोना महामारी का कारण समस्यामा परेका दलित समुदायलाई यस पालिको पर्व अलि सहज बनाउने सोंचका साथ शुभदिपावली र छठको अवसर पारेर सो राहत वितरण गरेको पत्रकार राजेश पासवानले बताए।

त्यसैगरी सो कार्यक्रममा स्वागत तथा शुभकामना मन्तव्य राख्दै पत्रकार पासवानले चुजी फाउन्डेसन,तथा दलित सरोकार मन्चले कोरोनाको महामारीका कारण विभिन्न समस्या झेलिरहेका गरिव,दलिल परिवारलाई यस्तो पर्वको बेलामा राहत दिएर सराहनीय कार्य गरेकोमा आफ्नो संस्था,समाज र व्यक्तिगत तर्फबाट चुजी र दलित सरोकार मन्चका डाइरेक्टर भोला पासवानलाई समेत धन्यवाद भन्दै आगामी दिनहरुमा पनि यस्तै सहयोग गर्न आग्रह गर्नुभयो।

कार्यक्रमको अध्यक्षता सोही वडाका वडा अध्यक्ष दिनानाथ महतोले गर्नुभएको थियो भने कार्यक्रमको प्रमुख अथितिको रुपमा नेकपा एकीकृत सामाजवादी पार्टीका जिल्ला कमिटी सदस्य सलामोदिन दर्जी,बिशिस्ट अथितिहरुमा,दलित महिला सदस्य जगपतिया देवी माझी,समाजसेवी उपेन्द्र साह,वडा सदस्य सुरेश ठाकुर,समाजसेवी लक्षमी राउत अथितिहरुमा जसपाका नेता अच्छेलाल बैठा,धिरेन्द्र पटेल,श्याम पटेल र शिक्षक छोटेलाल पटेल समेतको उपस्थिति रहेको थियो कार्यक्रममा वडा नम्बर ८ का सयौं पुरुष,महिला,बृद्ध र बुधिजिविहरुको पनि उपस्थिति रहेको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस