ओम प्रकाश यादव
कार्तिक १९ गते, रौतहट ।
छठ पर्व आउन अब एकसाता मात्र बाँकी रहेकोले रौतहटका बजारमा चहलपहल बढ्दै गएको छ ।
बजारमा विषेशगरी तेल, मैदा लगायतका खाद्यवस्तु खरिद गर्नेहरुको भिड छ । तर चाडपर्वको मुखैमा आएर बजारमा मुल्य वृद्धि पनि भएको छ । अखाद्य वस्तुको बिक्रि वितरण पनि उस्तै छ । बजारमा बढेको अस्वभाविक मुल्य वृद्धिका कारण उपभोक्ताहरु मारमा परेका छन ।
बजार अनुगमन नहुँदा जता ततै यतिखेर महंगी र कालोबजारी हुन थालेको छ । खासगरी तरकारी, तेल र खाद्यवस्तुको मुल्य पहिलाको तुल्नामा अहिले करिव दोब्बरले वृद्धि भएको छ ।
बजार अनुगमनको अभावमा उपभोक्ता दिनदहाडै ठगिन बाध्य छन् । बजारमा अहिले प्रतिकेजी ४५ रुपैँया पर्ने काउलीको मुल्य ५० रुपैँया पुगेको छ । त्यस्तै प्रतिलिटर २ सय पर्ने तेलको मूल्य वृद्धि भई २७० र २ सय ५० रुपैया प्रतिलिटर पर्ने तेलको मुल्य अहिले ३ सय देखी ३५० सम्म पुगेको छ ।
त्यस्तै मैदाको मुल्य प्रतिकिलो १२० देखि २ सयसम्म पुगेको छ । चाडपर्वको मुखैमा आएर बजारमा मूल्यवृद्धि भएपछि जिल्लाका उपभोक्ताहरु मारमा परेका छन् ।
बजारमा अस्वभाविक मुल्यवृद्धि भएपनि अहिले चाडपर्वको समय भएकोले थोरै मुल्य वृद्धि भएको व्यवसायीहरु बताउँछन ।
मूल्य अस्वभाविकरुपमा वृद्धि हुँदा आफुहरु मारमा परेको उपभोक्ता माधोपुर बजारमा तिहारका सामाग्री खरिद गर्न आएकी धोविनियाकी तेतरी देवीले बताईन् । भाउ बढेपनि छठका लागि चाहिने सर सामानहरु किन्नैपर्ने बाध्याता रहेको उनले बताईन । उनले भनिन–‘म्याद गुज्रेका सामान पनि बिक्रि वितरण हुने गरेको छ, खै यसको नियमन कसले गर्ला ।’
बजारमा व्यवसायीले अखाद्य वस्तु बिक्रि वितरण गर्ने गरेपनि नियमन हुन नसकेको उनले गुनासो गरिन् । ‘बजारमा कालो बजारी रोक्न सम्बन्धित निकायको तुरुन्त ध्यान जावस् ।’ उनले भनिन–‘अनुगगमन औपचारिकतामात्रै देख्छु मत ।’
बजार अनुगमन नहुँदा उपभोक्ताहरु दिनदहाडै ठगिन बाध्य भएपनि सम्बन्धित निकायले बजार अनुगमन गर्न कुनै चासो नलिएको पाइएको छ । स्थानीय सरकारदेखी लिएर उपभोगत हितका लागि गठन गरिएका बिभिन्न संस्थाले समेत बजार अनुगमन गर्न कुनै चासो नलिएका कारण सर्वसाधारण ठगिने क्रम बढदै गएको छ ।
रौतहटका प्रमुख जिल्ला अधिकारी सिडियो कृष्ण बहादुर शाहीले चाडपर्वमा हुन सक्ने मिसावट, महंगी र कालोबजारी रोक्न बजार अनुगमन गर्ने कार्यलाई तिव्रता दिएको बताएका छन । सिडियो यादवले कालोबजारी गर्ने र अखाद्य वस्तु बिक्रि वितरण गर्नेलाई कडा कार्यवाही गर्ने चेतावनी दिएका छन ।
उपभोक्ता हित संरक्षण मञ्च, उद्योग वाणिज्य संघ र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीद्धारा बजार अनुगमन भइरहेको प्रमुख जिल्ला अधिकारी शाहीले बताए । गौरबाट अनुगमन शुरु गरिएको बताउँदै सिडियो शाहीले चन्द्रनिगाहपुर हुँदै विस्तारै जिल्लाको सबै प्रमुख बजारहरुमा अनुगमन गरिने बताए ।
अनुगमनको क्रममा अखाद्य वस्तु बिक्रि गर्ने, अस्वभाविक मुल्य वृद्धि गर्ने र कालोबजारी गरेको पाइएमा कडा कार्यवाही गरिने सिडियो शाहीले चेतावनी दिए ।
बजारमा हुन सक्ने महंगी र कालोबजारी रोक्न पालिकाहरु पनि सक्रिय हुनुपर्ने प्रमुख जिल्ला अधिकारी शाहीले बताए । ‘बजारको महंगी नियन्त्रण, कालो बजारी रोकथामको जिम्मा स्थानीय तहलाई छ’ उनले भने–‘हामीले पनि बेला–बेलामा अनुगमन गरी मापदण्ड विपरित संचालन हुने व्यवसायलाई कार्यवाहीको दायरमा ल्याउछौँ ।
अनुगमन भइरहेको छ, तर त्यतिले बजारमा सबै ठिक छ भन्ने अवस्था छैन् ।’ उनले भने–‘उपभोक्ताले पनि वस्तु खरिद गर्दा मूल्य, म्याद भए÷नभएको आदि अवस्था बुझ्न आवश्यक छ ।’ उपभोक्ता सचेत हुन सकेमा बजारको अवस्था सुधार गर्न समय नलाग्ने उनको भनाई छ ।
बजारमा सामान किन्दा उपभोक्ता सचेत हुन सके अझ सहज हुने उनले बताए । ‘उपभोक्ताले पनि मैले कस्तो वस्तु किन्ने, कतिमा किन्ने ? आदि कुरामा ध्यान दिनुपर्छ ।’ उनले भने–‘उपभोक्ता सचेत भएमा बजार सुध्रन्छ ।’
चाडपर्वको समयमा स्थानीय सरकारले बजार अनुगमन गर्न सके महंगी र कालोबजारीलाई नियन्त्रणमा लिन सकिन्छ त्यसैले अहिलेको चाडपर्वको समयमा प्रत्येक स्थानीय तहले हुन सक्ने महंगी र कालोबजारी रोक्न बजार अनुगमन गर्ने कार्यमा लाग्न जरुरी रहेको देखिएको छ ।
छठमा कालोबजारी गर्नेलाई कडा कार्यवाही गर्ने रौतहटका सिडियो शाहीको चेतावनी


