राैशन कुमार चाैधरी
कार्तिक १९ गते, रौतहट ।
लक्ष्मीपुजाको मौका छोपी रौतहटको पच्छिमी भेग स्थित कटहरिया नगरपालिकाको एकजनाको घरमा ठूलो डकैती भएको छ ।
विहिवार राति कटहरिया नगरपालिका वडा नं २ जमुनियाको रंजित साहको घरमा डाकाहरुले एकथान लाईसेन्सी बन्दुक सहित लाखौंको धनमाल लुटपाट गरेका छन ।
मध्यराति नकाब लगाएर आएका डांका समूहले साहको घरको भान्सा कोठाको पछाडिको ढोका फोडेर घरभित्र प्रवेश गरी लुटपाट गरेका थिए ।
डाकाहरुको समुह घरको स्टिल दराज फोडेर ईङलैण्डमा निर्मित एकथान एकनाले १२ बोरको ईजाजत प्राप्त भरुवा बन्दुक, २ लाख रुपैया, झन्डै १० लाख बराबरको सुन चांदिको गर गहना, ५ लाख बराबरको महंगो साडि तथा लत्ताकपडा लुटेर लगेको पीडित रंजित साहले बताएका छन ।
घरका सबै सदस्य चन्द्रनिगाहपुरमा रहेको र घरमा एजना वृद्ध आमा मात्र रहेकोे मौका छोपी डाकाहरुले घरमा प्रवेस गरी लुटपाट गरेको साहले बताए ।
लुटेरा समूहले आमा सुतेको घरको चुकुल बाहिर बाट लगाएर दुईटै कोठा भित्र रहेको दराज,बाक्सा,फोडेर घन्टौ समय लगाएर खोजी खोजी महंगो सामानहरु लुटेर लगेको पीडित रंजित साहले जानकारी दिएका छन ।
घटना बारे जानकारी पाएलग्तै ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख एवं प्रहरी नायव उपरीक्षक डिएसपी श्रीराम भण्डारीको नेतृत्वमा प्रहरी टोलि घटना स्थल पुगेको थियो ।
घटनास्थल पुगेका डिएसपी भण्डारीले घटना बारे गहन रुपमा अनुसन्धान भइरहेको बताएका छन ।
जमुनियामा डाकाहरुद्धारा लाइसेन्सी बन्दुक सहित लाखौंको धनमाल लुटपाट


