रमेश कुमार यादब
कार्तिक १९,रौतहट ।
देशभर चिसो बढेको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार रौतहट सहित देशभर औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको छ ।हिजो रौतहटको न्यूनतम तापक्रम १२ दशमलव एक डिग्री रहेको थियो । आज १० दशमलव ६ डिग्रीमा झरेको छ ।अब चिसो निरन्तर बढ्दै जाने विभागले जनाएको छ । नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसंगै जाडोयाम शुरु हुन्छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली र बाँकी भूभाग मौसम सामान्यतया सफा रहेको छ ।उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ । रौतहटमा चिसो बढेपछि मानिसहरुमा सुस्त महसुस गर्न थालेका छन ।चिसोको कारणले बृद्धबृद्धा लगायत बालबालिकामा बढि असर गर्ने गरेका हुन्छ ।त्यसकारण चिसोबाट बच्न बिभिन्न उपायहरु अपनाउनु पर्छ बृन्दावन नगरपालिकाका जन स्वास्थ्य निरिक्षक राजेन्द्र यादब बताएका छन ।चिसोले गर्दा बालालिकामा निमोनिया ,रुघाखोकी जस्ता रोगहरु लाग्ने गरेका छन ।यस्ताबाट बच्न बालबालिका लगायत बृद्धबद्धाहरुलाई न्यानो कपडा ,तातो पानि खाने जस्ता उपायहरु अपनाउन आवश्यक रहेको जन स्वास्थ्य निरिक्षक राजेन्द्र प्रसाद यादबले सुझाव दिएका छन । गर्मी हटेर चिसो सुरु थालेको यो बेलामा मौसमी फ्लुको जोखिम धेरै हुने भएकाले सावधानी अपनाउन बृन्दावन नगरपालिकाका जन स्वास्थ्य निरिक्षक यादबले सुझाव दिएका छन् । तापक्रममा हुने घटबढका कारण मौसमी फ्लुको जोखिम धेरै हुने यो भनाइ छ । न्यूनतम र अधिकतम तापक्रममा धेरैको अन्तर हुँदा मौसमी फ्लुको जोखिम हुने यादब बताँछन् । अहिले मध्यतराइको रौतहट सहित देशैभर बिहान बेलुका चिसो र दिउँसो तातो हुने गरेको छ । मौसम परिवर्तनको क्रममा देखिने फ्लुका कारण विगतका वर्षमा कतिपयको ज्यान समेत गएकाले विशेषगरी वृद्धहरुमा दम तथा श्वासप्रश्वासका रोगी, ज्येष्ठ नागरिक, गर्भवती, बालबालिका, अङ्ग प्रत्यारोपण गरेका व्यक्तिले आफ्नो स्वास्थ्यमा ध्यान दिनुपर्ने डाक्टर यादबको भनाइ छ ।
रौतहट लगायत देशभर बढे चिसो ,सर्तकर्ता अपनाउ डाक्टरको सुझाव


