स्मिथ कुमार रजक ।
कार्तिक २१गते।रौतहट ।
चुजी फाउन्डेसन को आर्थिक सहयोग र दलित सरोकार मन्च नेपालको सहकार्यमा,आयूष मिडिया प्रा.लिका संचालक स्मिथ रजककाे पहलमा रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर ९ का ११० जना दलित परिवारलाई राहत स्वरुप खाधान्न सामाग्री वितरण गरिएको छ।
आयूष मिडिया प्रा.लि रौतहट शाखा अध्यक्ष स्मिथ कुमार रजक को पहल तथा सक्रियतामा सम्पन्न राहत वितरण कार्यक्रममा सो वडाका ११० जना दलित परिवारलाई जनही १ बोरा चामल,१ बोरा पिठो,दाल १ किलो,चिनि १ किलो,नुन १ किलो, खाने स्वाविन तेल १ किलो र गोद्रेज साबुन ४ ओटा गरी जम्मा ७ प्रकारका खाधान्न सामाग्री वितरण गरिएको हो।
कोरोना महामारी का कारण समस्यामा परेका दलित समुदायलाई यस पालिको पर्व अलि सहज बनाउने सोंचका साथ छठको अवसर पारेर सो राहत वितरण गरेको पत्रकार स्मिथ कुमार रजकले बताए।
त्यसैगरी सो कार्यक्रममा स्वागत तथा शुभकामना मन्तव्य राख्दै पत्रकार स्मिथ कुमार रजकले चुजी फाउन्डेसन,तथा दलित सरोकार मन्चले कोरोनाको महामारीका कारण विभिन्न समस्या झेलिरहेका गरिव,दलिल परिवारलाई यस्तो पर्वको बेलामा राहत दिएर सराहनीय कार्य गरेकोमा आफ्नो संस्था,समाज र व्यक्तिगत तर्फबाट चुजी र दलित सरोकार मन्चका डाइरेक्टर भोला पासवानलाई समेत धन्यवाद भन्दै आगामी दिनहरुमा पनि यस्तै सहयोग गर्न आग्रह गर्नुभयो।
कार्यक्रमको अध्यक्षता सोही वडाका वडा अध्यक्ष रामबाबु राय यादवले गर्नुभएको थियो भने कार्यक्रमको प्रमुख अथितिको रुपमा ईशनाथ नगरपालिका का नगर प्रमुख सन्तोष कुमार मेहताले ,बिशिस्ट अथितिहरुमा,दलित महिला सदस्य मुक्ति देवी पसावान, समाजसेवी सन्जय तिवारी ,वडा सदस्य हरिहर साह ,समाजसेवी मन्जय मेहता अथितिहरुमा नेपाली कांग्रेस का नेता हरिचन्द बैठा,आवधलाल पसावान ,बिजय साह र शिक्षक प्रेमनारायण राय यादव समेतको उपस्थिति रहेको थियो कार्यक्रममा वडा नम्बर ९ का सयौं पुरुष,महिला,बृद्ध र बुधिजिविहरुको पनि उपस्थिति रहेको थियो।


