ओम प्रकाश यादव
कार्तिक २१ गते, रौतहट ।
रौतहटमा राष्ट्रसेवक कर्मचारीहरुको एक संगठन निर्माण भएको छ ।
रौतहट घर भइ देशको विभिन्न ठाउँमा कार्यरत निजामती कर्मचारीहरुको आज गौरमा भएको भेलाले राष्ट्रसेवक कर्मचारी (ब्यूरो रौतहट) नामक संगठन निर्माण गरेको हो ।
रौतहट जिल्ला स्थायी ठेगाना भई देशको विभिन्न क्षेत्र एवं ठाउँहरुमा राष्ट्र सेवामा समर्पित निजामती तर्फका कर्मचारीहरु संगठित हुने उद्देश्यका साथ यो संगठन स्थापना अर्थात निर्माण गरिएको हो ।
रौतहटको जिल्ला समन्वय समितिको सभाहल गौरमा जिल्लाका राष्ट्रसेवक कर्मचारी (ब्यूरो रौतहट)को पहिलो ऐतिहासिक भेला तथा लोक पर्व छठको शुभकामना आदान प्रदान कार्यक्रम भव्याताका साथ आज सम्पन्न भएको छ ।
गढवा निवासी नवलपुर जिल्ला अदालतको न्यायधिश नन्दकिशोर यादवको विशेष उपस्थितिमा राष्ट्रसेवक कर्मचारीहरुको बसेको बैठकले कटहरिया निवासी नेपाल सरकारका उपसचिव गजेन्द्र प्रसाद यादवको अध्यक्षतामा ब्यूरोको ११ सदसीय जिल्ला कार्य समिति चएन गरिएको छ ।
गठित समितिको नाम रौतहट राष्ट्रसेवक कर्मचारी (ब्यूरो रौतहट) राखिएको छ । राष्ट्रसेवक कर्मचारीहरुको बैठकले गठित राष्ट्रसेवक कर्मचारी (ब्यूरो रौतहट)को जिल्ला अध्यक्षमा उपसचिव गजेन्द्र यादवलाई सर्वसमतिले चएन गर्ने निर्णय गरेको हो ।
नव गठित समितिको उपाध्यक्षमा घरेलु तथा साना उद्योग कार्यालयका नायव सुब्बा रिंकी जयसवाललाई चएन गरिएको छ भने हुलाक अधिकृत देवनाथ यादवलाई सदस्य सचिव, लेखापाल जितेन्द्र यादवलाई कोषाध्यक्षमा चएन गरिएको छ । त्यस्तै विभिन्न सेवा र क्षेत्रबाट प्रतिनिधित्व गर्ने ११ जना राष्ट्रसेवक कर्मचारीहरु सदस्यहरु रहने गरी ११ सदस्यीय कार्यकारी तदर्थ समिति गठन गरिएको अध्यक्ष गजेन्द्र यादवले जानकारी दिएका छन ।
जिल्ला न्यायधिश नन्दकिशोर प्रसाद यादवको संयोजकत्वमा सल्लाहकार समिति गठन गरिएको उनले बताए ।
बैठकमा ६५ जना राष्ट्रसेवकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा राष्ट्रसेवक कर्मचारी (ब्यूरो रौतहट)का अध्यक्ष गजेन्द्र प्रसाद यादवले यस संगठनको उत्पति, लक्ष्य, महत्व र उद्देश्यबारे प्रकाश पारेका थिए ।
अध्यक्ष यादवले रौतहट जिल्ला स्थायी ठेगाना भई देशको विभिन्न क्षेत्र एवं ठाउँहरुमा राष्ट्र सेवामा समर्पित निजामती तर्फका कर्मचारीहरुलाई एकिकृत अर्थात संगठित गर्ने उद्देश्यका साथ यो संगठनको निर्माण गरिएको बताएका छन ।
उक्त ऐतिहासिक भेलाले बिभिन्न समितिहरु बनाई ब्युरोको उद्देश्यहरु प्राप्त गर्ने तर्फ अग्रसर हुने गरी कार्ययोजना तय गरेको छ ।
भेलाले विभिन्न बिषयगत समितिहरुमा विधान समितिमा जिल्ला अदालतका श्रेस्तेदार शुशील यादव, प्रशासन समितिमा मालपोत कार्यालय गरुडाको प्रमूख ओम प्रकाश यादव, प्राविधिक समितिमा इन्जीनियर अमित कुमार यादव र प्रवक्तामा सदस्य सचिव देवनाथ यादवलाई चयन गरेको छ्र ।
विषयगत समितिहरुले तोकिएको कार्यजिम्मेवारी समय मै सम्पन्न गरी कार्यकारी समितिमा प्रतिवेदन पेश गर्ने र त्यसलाई सभाबाट पारीत गरी कानूनी रुप प्रदान गर्ने पहिलो चरणको कार्यक्रम रहेको उपसचिव यादवले बताए ।
उक्त संस्थाले औपचारीक रूप लिइसके पछी यस जिल्लाको समग्र बिषयमा र राष्ट्र्सेवकहरुको वृति विकास लगायत बहुपक्षीय बिकास संगसंगै यस जिल्लाको सामाजिक क्षेत्रमा समेत कार्यहरु गरेर योगदान पुर्याउने उद्देश्यहरुका साथ अगाडी बढने कार्य समितिका जिल्ला अध्यक्ष यादवले प्रष्ट पारेका हुन ।
जिल्लाका बिभिन्न ठाउँमा घर भई देशका बिभिन्न क्षेत्रलाई कर्मथलो बनाई कार्य गरि राखेका राष्ट्रसेवकहरुको उत्साहजनक उपस्थितिका बिच कार्यक्रम सम्पन्न भएको थियो ।
छोटो समयको सूचनामा करीब ६५ जना राष्ट्रसेवकको उपस्थितिले उक्त संस्था प्रतिको समर्पणभावलाई इंकित गर्दछ । आगामी दिनमा सबैको सहयोगमा थप राष्ट्रसेवकको सहभागिता सुनिस्चित हुने गरी कार्यक्रम तय हुने र पदाधिकारीमा छुटेका योग्य साथीहरुलाई जिम्मेवारी दिई अगाडी बढ्ने समेत उनले बताए ।
क्षेत्रीय, राजनीति, जातीयता, लैंगिकता भन्दा माथि उठेर राष्ट्र सेवामा समर्पित राष्ट्रसेवक मात्र यसको सदस्य हुन सक्ने, सामूहिक भावनालाई प्रवर्धन गर्ने, आफ्नो व्यवसायीक धर्म प्रति कटिबद्ध र जिल्लाको मान प्रतिष्ठालाइ केन्द्र बिन्दुमा राखेर कार्यजिम्मेवारी निर्वाह गर्न सक्ने व्यक्ति यसको सदस्यमा हुनुपर्ने गुणहरु हुने विषयहरु प्रस्तुतीमा रहेको थियो ।
कार्यक्रममा मालपोत कार्यलय चपुरका इजहारुल हक, रामगीर मुखिया, शिवध्यान यादव तथा जिल्ला प्रशासन कार्यालय, कृषि कार्यालय,प्रदेश मन्त्रालय लगायत बिभिन्न पालिकाहरुमा कार्यरत राष्ट्रसेवक कर्मचारीहरुले आ आफ्ना धारणाहरु राखेका थिए ।
कार्यक्रमको दोस्रो चरणमा न्यायधिश यादवबाट सबै कर्मचारीहरुले टिकालगाई लोकपर्व छठको शुभकामना आदान प्रदान गरेका थिए भने कार्यक्रम संचालन चन्द्रपुर नगरपालिकामा कार्यरत राष्ट्रसेवक कर्मचारी नसरे आलमले गरेका थिए ।
उपसचिव यादवको अध्यक्षतामा रौतहटमा राष्ट्रसेवकहरुको ब्यूरोको ११ सदसीय जिल्ला समिति गठन


