ओम प्रकाश यादव
कार्तिक २२ गते, रौतहट ।
छठमा गाउँलाई उज्यालोमय बनाउने उद्देश्यका साथ रौतहटको माधवनारायण नगरपालिका ६ माधोपुरका वडा अध्यक्ष राजिव कुमार यादवले पोल पोलमा बत्ति लगाउन शुरु गरेका छन ।
वडा अध्यक्ष यादवले माधोपुरका प्रत्येक विजुलीको पोलमा बत्ति लगाउने उद्देश्यले आजदेखी पोल पोलमा बत्ति लगाउने काम शुरु गरेका छन । विस्तारै प्रत्येक पोलमा बत्ति लगाउने वडा अध्यक्ष यादवले बताए ।
छठ पर्व गर्ने ब्रतालु महिलाहरुलाई छठीघाट देखी घरसम्म आउ जाउ गर्न सजिलो होस भन्ने उद्देश्यले आफुले गाउँका प्रत्येक पोलमा बत्ति जडान गरी उज्यालो बनाउन लागेको वडा अध्यक्ष राजीव कुमार यादवले बताए ।
विजुली बत्तिको अभावमा कसैलाई पनि रातिमा हिडदा कुनै अप्ठयारो नहोस भन्ने सोचका साथ आफुले गाउँभरीको पोलमा बत्ति जडान गर्ने अभियान सञ्चालन गरेको उनले बताए ।
वडा अध्यक्ष यादवले निर्वाचित भएदेखी नै प्रत्येक वर्ष छठमा गाउँका सबै पोलमा बत्ति जडान गर्दै आएका छन ।


