राैशन कुमार चाैधरी ।
कार्तिक २२ गते ।
रौतहट ।
रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नं ६ फत्तेपुरकाे निषाद भवनकाे प्राङ्गणमा एकल कविता वाचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन भएकाे छ । साे कार्यक्रमकाे प्रमुख अतिथिकाे रूपमा डा.गाेपाल ठाकुर तथा विशिष्ट अतिथि ईलाका प्रहरी कार्यालय गरूडाकाे प्रहरी नायब उपरिकक्षक श्रीराम भण्डारी तथा प्राज्ञ वृजकिशाेर सहनिकाे उपस्तिथिमा कार्यक्रम सम्पन भएकाे थियाे । कार्यक्रममा प्रमुख अतिथि डा. ठाकुरले कविता तथा देश भगति गित गाउदै सवैलाई छठ पर्वकाे शुभकामना दिनु भएकाे थियाे । साे कार्यक्रमकाे अध्यक्षकता सहदेव पासवानले गरेकाे थियाे भन्ने पुर्व शिकक्षक प्रहलाद सहनिले भु. पु शिक्षक शेख गफुर तथा रविलाल यादवलाई दाेसाला ओढाइ सम्मानित गर्नु भएकाे थियाे । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रम संयाेजक प्राज्ञ उपेन्द्र सहनिले विभिन्न कविताहरू वाचन गर्नु भएकाे थियाे र साथै वाहाले प्रत्यक वर्ष यस्तै कार्यक्रम गर्ने बताउनु भयाे । कार्यक्रमकाे उपस्तिथिमा वडा अध्यक्ष शम्भुकान्त प्रसाद यादव ,अंजित कुशवाहा , प्रसाद सहनि , गंगाराम यादव , उमाकान्त सहनि लगायत स्थानिय जन प्रतिनिधिहरुको उपस्थितका साथ साथै सयाै जनाकाे सहभागिता रहेकाे थियाे ।
फत्तेपुरमा एकल कविता वाचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन


