वडा अध्यक्ष भविक्षन यादव द्वारा सितलपुरमा साडी सेट बितरण

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ कार्तिक २३, मंगलबार (४ साल अघि)
  • ६ पटक पढिएको
वडा अध्यक्ष भविक्षन यादव द्वारा सितलपुरमा साडी सेट बितरण

रामशरन यादव ।।
कार्तिक २२ गते

राैतहट जिल्लाकाे फतुवा विजयपुर नगरपालिकाको वडा न २ सितलपुरका निर्वाचित वडा अध्यक्ष भबिक्षन यादवले वडा नम्बर २ सितलपुरमा महिलाहरुलाई साडी बितरण गर्नु भएको छ ।

नजिकदै गरेको छठलाई लक्षित गरी छठ गर्ने एकल र बिपन्नका महिलाहरुलाई उहाले साडी बितरण गर्नु भएको हो । खास गरी मधेशमा महिलाहरुको ज्याला न्यून हुने र त्यसबाट चाडवाड धान्न नसक्ने भएका हुदा सहयोग स्वरुप साडी बितरण गरिएको वडा अध्यक्ष भाबिक्षन यादवले बताउनुभयो ।उहाले बिगत चार बर्ष देखि आफ्नो वडामा साडी बितरणलाई निरन्तरता दिदै आएको बताउदै आज सोमबार करिब छठ महिला ब्रतालुहरुलाई करिब १००० एक हजार साडी बाडिएको यादवले बताउनु भयो ।

आफु आफ्नो वडाको जनताको प्रतिनिधि भएको र चाडवाडमा आफ्ना क्षेत्रका जनतालाई केहि समस्या नहोस भनि वडामा समस्या भएको ठाउँमा आफुले हरेक पर्वमा सक्दो सहयोग गर्ने समेत बताउनुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस