कृष्ण तिवारी । कार्तिक २७ गते ।
रौतहटको फतुवा विजयपुर नगरपालिका २ शीतलपुर स्थित महाबिरी झण्डा मेलामा अन्तर्राष्ट्रिय पहलवानहरूको कुस्ती भएको छ । शनिवार मेयर गोपाल प्रसाद यादवले दुईजना पहलवानको हात मिलाइ उद्घाटन गरेपछि कुस्ती सुरु भएको थियो ।मेलामा कुस्ती खेल्न नवलपरासीका अन्तर्राष्ट्रिय पहलवान पहलाद दासको नेतृत्वमा नेपाल र भारत को विभिन्न स्थान बाट दर्जनौँ नामुद पहलवानका साथै केही महिला पहलवान आएका छन् । शनिवार मेयर यादव द्वारा औपचारिक उद्घाटन पछि १३० किलो तौलसम्मको ४ दर्जनभन्दा बढी पहलवान बीच कुस्ती भएको थियो। आइतबार १३० किलो तौल भन्दा माथिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरुष पहलवान र महिला पहलवान बीच कुस्ती हुने मेयर यादवले जानकारी दिए । कोरोना महामारीका कारण लगातार २ वर्ष मेलाको आयोजना हुन सकेको थिएन ।