कृष्ण तिवारी ,
रौतहट २८ कार्तिक ।
रौतहटको देवाही गोनाही नगरपालिका ५ टिकुलियामा २ बालकको शंकास्पद मृत्यु भएको छ । स्थानीय संजय मुखियाका ५ बर्षिय छोरा आकाश मुखिया र ३ बर्षिय छोरा विकास मुखियाको शंकास्पद मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक दुबैजना नाबालकको शव पोष्टमार्टमको लागि नारायणी अस्पताल बिरगंज पठाईएको ईलाका प्रहरी कार्यालय गोनाहिका प्रमुख ईन्स्पेक्टर राजन लमसालले बताएका छन ।
आफ्नो घरमै रहेका दुबैजना बालक सनिवार बिहान ८ बजे उल्टि गर्न लाग्दा उपचारको लागि गरुडा स्थित एउटा निजि अस्पतालमा भर्ना गरिएको थियो ।
बालकहरुको अवस्था सिकिस्त भएपछि सनिवार राती एम्बुलेन्स बाट बिरगंज स्थित तराई अस्पतालमा लागेर भर्ना गरिएको थियो ।
दुबैजना मध्ये कान्छा विकासको उपचारको क्रममा सनिवार अबेरराती र जेठा आकाशको आइतबार मृत्यु भएको ईन्स्पेक्टर लम्सालले जानकारी दिएका छन ।
मृतक बालक उल्टि गरेको समय घरमा रहेकी उनकी आमा पोष्टमार्टम गराउन बिरगंज अस्पतालमा रहेको र हजुर आमाले केही नबोलेकाले घटना बारे बिस्तृत न आएको तथा पोष्टमार्टमको रिपोर्ट न आएसम्म मृत्युको कारण बारे बताउन नसकिने ईन्स्पेक्टर राजन लम्सालले बताएका छन।
जिल्ला प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले घटनाको गहनरुपमा अनुसंधान भैरहेकाले अनुसंधान पूरा नभैसम्म केही पनि भन्न नमिल्ने बताएका छन ।