प्रेस सेन्टर रौतहटको अध्यक्षमा कार्की

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ मंसिर १, बुधबार (४ साल अघि)
  • ५ पटक पढिएको
प्रेस सेन्टर रौतहटको अध्यक्षमा कार्की

कृष्ण तिवारी ,रौतहट // प्रेस सेन्टर नेपाल रौतहटको दोस्रो जिल्ला अधिवेशनबाट सर्वसम्मत रुपले अध्यक्षमा डिल्ली बहादुर कार्की (सुब्बा) चयन भएका छन् ।

प्रेस सेन्टर नेपालको प्रदेश २ का संयोजक किरण कर्णको प्रमुख आतिथ्यमा बुधबार चन्द्रपुरमा भएको अधिवेशनले कार्कीसहित ११ सदस्यसमिति गठन गरेको छ।

उपाध्यक्षमा ओमकिशोर चौधरी, समावेशी उपाध्यक्षमा रचना काफ्ले, सचिवमा रमेश कुमार यादव, सह सचिवमा मञ्जु ठाकुर, कोषाध्यक्षमा विजय साह पनि सर्वसम्मत चयन भएका छन् ।

त्यसैगरी सदस्यहरूमा राजेन्द्र कुँवर, चन्देश्वर राउत, विकास श्रीवास्तव, पवन कुमार गुप्ता र दिनेश थापा चयन भएको अध्यक्ष कार्कीले जानकारी गराएका छन् ।

त्यस्तै प्रदेश प्रतिनिधिमा कृष्ण तिवारी र दिपेश पौडेल तथा केन्द्रीय प्रतिनिधिमा जितेन्द्र श्रीवास्तव र मनोज साहलाई चयन गरिएको उनले बताएका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष कार्कीले आफ्नो नेतृत्वको संगठनले सक्रिय र श्रमजीवी पत्रकारहरुको हकहितका लागि काम गर्ने बताएका छन् ।

उनले जिल्लामा कार्यरत पत्रकारहरुको वृति विकासमा सेन्टरले महत्वपूर्ण योगदान दिने भन्दै पत्रकारितालाई सभ्य र अनुशासित बनाउन भूमिका खेल्ने प्रतिवद्धता जनाएका छन।

ताजा अपडेट

खोजी गर्नुहोस