सागर संगम ठाकुर रौतहट । मंसिर ०१ गते
रौतहटमा करेन्ट लागेर एक जना युवकको मृत्यु भएको छ । जिल्लाको गरूडा नगरपालिका वडा नं–५ महम्मदपुरका स्थानिय गोबि राय यादवको २६ वर्षीय छोरा नन्दकिशोर यादवको बुधबार दिउँसो करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
विद्युतको तार लगेर मोटर बाट खेतमा पानी तान्ने क्रममा करेन्ट लागेर यादवको घटना स्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय गरूडाका डिएसपि श्रीराम भण्डारीले जानकारी दिनु भयो ।
मृत्क यादवको शव पोष्ट मार्टमको लागि जिल्ला अस्पताल गौरमा पठाईएको भण्डारीले बताए । पछिल्लो समय रौतहटमा करेन्ट लागेर मृत्यु हुनेहरू संख्या बढदै गएको पाईएको छ ।
करेन्ट भएको सामनहरू प्रयोग गर्दा ध्यानदिनु पर्ने बिधुत्त कर्मचारीहरुले सबै संग अनुरोध गरेका छन ।