सागर संगम ठाकुर । रौतहट । कार्तिक ३० गते ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको शनिबार रौतहट आउने भएका छन् ।
रौतहटमा प्रचण्ड आउने स्थगित गरिएको कार्यक्रमको समय पुणः निर्धारण गरिएको छ ।
जिल्लाको कटहरिया बजारमा यही मंसिर ४ गते हुने माओबादी केन्द्रको बिशाल आम सभालाई सम्बोधन गर्न प्रचण्ड आउन लागेका हुन ।
गएको कार्तिक २५ गते अचानक स्वास्थ्यमा समस्या भए पछि प्रचण्ड अस्पताल भर्ना भएको थियो ।
केही दिन घरमै रेस्ट गर्नु पर्ने चिकिस्तकहरुले सल्लाह दिए पछि प्रचण्डको बाहिर जाने सबै कार्यक्रम स्थगित भएको थियो ।
तर स्वास्थ्यमा क्रमिक सुधार आए पछि पुर्व निर्धारित कार्य तालिका अनुसार यही मंसिर चार गते हुने कटहरियामा बिशाल आम सभालाई सम्बोधन गर्नु प्रचण्ड रौतहटको चर्चित बजार कटहरिया आउन लागेको माओबादी केन्द्रका समाजसेवी युवा नेता नसरुदिन अंसारीले जानकारी दिनु भयो ।
अस्वस्थ्य भएर बिरामी भए पछि निराश बनेका कार्यकर्ताहरु प्रचण्ड रौतहट आउन थालेपछि खुशी भएका छन ।
सो कार्यक्रम पुनः शनिबारको लागि तय गरिएको पार्टीका केन्द्रिय सदस्य एवं जिल्ला ईन्र्चाज युवराज भटराई समिरले बताउनु भयो ।
प्रचण्ड आउने भए पछि रोकिएका सबै त्यारी पुनः शुरु गरिएको समाजसेवी युवा नेता अंसारीले जानकारी दिनु भयो । नेपाल कम्युनिष्ट पार्टी नेकपा बिभाजन पछि प्रचण्ड पहिलो पलट रौतहट आउन लागेको हो ।
कटहरिया बजारमा हुने बिशाल जन सभामा देशको पछिलो राजनितीक घटना क्रमलाई लियर सम्बोधन गर्ने पार्टी निकटले श्रोतले जनाएको छ ।
मधेशमा आफनो पार्टीलाई मजबुत बनाउन्न र पार्टीलाई एकताबद्ध गर्नको लागि प्रचण्ड रौतहट आउन लागिएको नेता अंसारीले जानकारी दिएका छन ।