रौतहटमा हावाटंकी पड्किएर १ युवाको मृत्यु १ घाइते

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ मंसिर ३, शुक्रबार (४ साल अघि)
  • ६ पटक पढिएको
रौतहटमा हावाटंकी पड्किएर १ युवाको मृत्यु १ घाइते

रौतहटमा हावाटंकी पड्किएर १ युवाको मृत्यु १ घाइते कृष्ण तिवारी , रौतहट ३ मंसिर । रौतहट । रौतहटको कटहरिया बजारमा हावा टंकी पड्किएर १ युवाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन । मृत्यु हुनेमा मोटर ग्यारेज संचालक कटहरिया ५ का गोबरी मियांको छोरा २० का समसुल मियां रहेका छन। पड्केको हावा टंकिको एउटा भाग उछिटेर समसुलको टाउको लागेर गहिरो घाउ खत बनेको थियो । समसुलको टाउकोको गिद्वी समेत फुटेको छ ।अचेत अवस्थामा रहेका समसुल मियांलाई स्थानीय अस्पतालमा उपचार हुन नसके पछि तत्कालै एम्बुलेन्स बाट उपचारको लागि बिरगंज लैजाने क्रममा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई बिरेन्द्र यादवले बताएका छन । हावा टंकिकै फुटेको भाग उछिटेर समसुल संगै ग्यारेजमा बसिरहेका स्थानीय बर्ष २५ का जैसी यादवको दाहिने हातमा गम्भीर चोट लागेको छ । यादवको स्थानीय अस्पतालमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ । हावा टंकीको उछिटेको एउटा टुक्राले लागेर केहिपर रहेको बिधुतको तार समेत चुंडिएकाले त्यसको गतिको सहजै अनुमान गर्न सकिन्छ । उछिटेको उक्त टयांकिको टुक्रा झन्डै १०० मिटर पर भेटेको स्थानीय रामचन्द्र गोसाइँले बताएका छन । उक्त टुक्रा संगै गिद्विको साना साना बुन्दाहरु समेत देखिएको छ । ग्यारेज संचालक समसुल मियांले पम्पसेट चलाएर हावा टंकिमा हावा भरिरहेको क्रममा पड्केकोले हावा बढी भएर घटना भएको स्थानीयको अनुमान रहेको छ । घटना बारे थप अनुसंधान भैरहेको ईलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ ।

Seen by Krishna Tiwari at 15:33
Seen by Upendra Gole at 15:34

Enter

ताजा अपडेट

खोजी गर्नुहोस