ओम प्रकाश यादव
मंसिर ३ गते, रौतहट ।
प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवले नेपाल र भारत बीच सधैंभरी बेटीरोटीको सम्बन्ध रहेको बताएका छन ।
राज्य मन्त्री यादवले नेपाल र भारतकाबीच सदियौँ पुरानो र नजिकको सम्बन्ध रहेकाले समय समयमा दुई देशबीचको सम्बन्धमा समस्या देखापर्नु स्वभाविकै भएको बताएका छन् ।
मिडिया फर बाँर्डर हारमनी रौतहट नेपालले रौतहटको सदरमुकाम गौरको जिल्ला समन्वय समितिको सभाहलमा आज आयोजना गरेको नेपाल भारत मैत्री संवाद कार्यक्रमलाई सम्बोधन गर्दै कृषि राज्य मन्त्री यादवले नेपाल भारतबीच धार्मिक, आर्थिक, सांस्कृतिकलगायतका धेरै क्षेत्रमा सयौँ वर्षदेखिको सम्बन्ध रहेको र धेरै नजिक भएका नाताले पनि कहिलेकाहीँ कुनै विषयमा असमझदारी देखिनु पनि स्वभाविक रहेको बताएका छन ।
उनले भने, “धेरै नजिक भएपछि सम्बन्धमा कुनै बेला असमझदारी पनि बढ्छ, कुनै विषयमा विवाद पनि आउन सक्छ, त्यसैले यी सबै विषयलाई दुवै तर्फबाट वार्ताको टेबलमा बसेर निकास निकाल्नुपर्छ, समस्या देखियो भने वार्ताबाटै समाधान पहिल्याउनुपर्छ ।
जनता समाजवादी पार्टीका केन्द्रिय नेता एवं समाजवादी युवा संघका केन्द्रिय अध्यक्ष समेत रहेका मन्त्री योगेन्द्र यादवले दुई देशबीचको सम्बन्धलाई विश्वासका आधारमा अझै बलियो बनाउनुपर्ने धारणा राखेका हुन ।
राज्य मन्त्री यादवले भने नेपाल र भारतबीच इतिहासिक, पौराणिक, धार्मिक तथा बेटीरोटीको सम्बन्ध रहेको सन्दर्भमा जबजब नेपाल माथि कुनै किसिमको खतराको सिर्जना हुने अवस्था आउँछ । तब भारतले नेपाललाई भरपर्दो सहयोग र स्वहार्दपूर्ण वातावरण सिर्जना गर्छ ।
त्यस्तै नेपालले पनि भारतको ऐतिहासिक आन्दोलनहरुमा आस्था राखी नैतिकपूर्ण तरिकाले भारत परिवर्तनका आन्दोलनहरुमा सहयोग गरेको इतिहासले देखाएको उनले बताए ।
नेपाल र भारतको सम्बन्ध छिमेकी राष्ट्रको सम्बन्ध मात्र नभई एक अर्काको भाषा, भेष, पोषाक, आहार, व्यवहार, संस्कार समेत मिल्दो जुल्दो रहेको कारण नेपालमा आउँदा खेरी भारतीयलाई भारत छोडेको महसुस हुँदैन भने नेपालीहरुले भारत जाँदा नेपालमा नरहेको अनुभव नहुने गरेको समेत उनले बताए । त्यसै कारण नेपाल र भारतको सम्बन्ध व्यक्ति व्यक्तिको वैवाहिक सम्बन्ध र धार्मिक आस्था बोकेको सम्बन्धहरुको उदाहरण धेरै रहेको छ ।
धार्मिक पौराणिक सम्बन्धहरु नेपाल र भारतको अति नै विशिष्ट तथा महत्वपूर्ण ऐतिहासिक रहेको उनले बताए ।
माता सिताको जन्म नेपालको जनकपुरधाममा भएको तथा भगवान रामको विहे जनकपुरमा भएको सन्दर्भहरु अहिले पनि दुई देशको सम्बन्धलाई राम र सिताको विहे सन्दर्भलाई तोडेर धार्मिक ऐतिहासिक आस्थाको सन्दर्भ बनेको समेत उनले प्रस्टयाए ।
त्यस्तै अन्य पौराणिक, धार्मिक, संस्कृतिक सम्बन्धहरुको एक अर्का बीच अधिकांश आहार व्यवहार मिल्नेको कारण नेपाल र भारतको खुल्ला सिमाना नाकाहरु मार्फत साधारण भन्दा साधारण जिवनयापनको वस्तुहरुको किनबेच नेपाल र भारतको नागरिकहरु एक अर्काको देशमा गएर व्यापारिक गतिविधिहरु सहज रुपना नै गरिरहेको उनले बताए ।
भारत विश्वको ठूलो प्रजातान्त्रिक देशको रुपमा स्थापित रहेको सन्दर्भमा नेपालको जहानियाँ राणा शासनको अन्त्य र घोर पञ्चायती व्यवस्थाको परिवर्तनको आधारहरु निर्माण गर्न नेपालका नेताहरु भारतमा बसी अनेकौ आन्दोलनको सुत्रधारहरु निर्माण गरेको हामी सामु सर्वविदितै रहेको उनले सुनाए ।
कार्यक्रममा नेपालबाट प्रदेश २ का खानेपानी तथा उर्जा विकास मन्त्री ओम प्रकाश शर्मा, जिल्ला समन्वय समिति रौतहटका सभापति रामएकवाल यादव, गौर नगरपालिकाकी उपप्रमुख किरण ठाकुर, बीबीसीका पत्रकार बृजकुमार यादव लगाएतको सहभागिता रहेको थियो भने भारत तर्फबाट भारत मुजफरपुरका सांसद अजय निपाद, विधान पार्षद देवेशचन्द्र ठाकुर, राजदका नेता देवेन्द्र सिन्हा, जनता दल यूकेका वरिष्ठ नेता मोहम्मद बसीर अन्सारी लगाएतका भारतीय नेताहरुको सहभागिता रहेको थियो । पत्रकार किशोरी यादवको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल र भारत दुवै देशका पत्रकारहरुको सहभागिता रहेको थियो ।