गाईको पिसाब तथा गोबर मानिसको स्वास्थ्यका लागि लाभदायक रहेको भनेर आयुर्वेद तथा परम्परागत उपचार पद्धतिमा भन्ने गरिएको त सुनिएकै हो । स्वास्थ्यका लागि भन्दै कतिपय मानिसहरूले गाईको गहुँत पिएको पनि देखेका छौँ । तर छिमेकी मुलुक भारतका एकजना चिकित्सकले भने गाईको गोबर नै खाएका छन् ।गाईको गोबर खानुका फाइदा बखान गर्दै ती डाक्टरले गाईको गोबर खाएको भिडियो सोसल मिडियामा भाइरल बनेको छ ।स्वास्थ्यलाई फाइदा गर्दछ भनेर गोबर खाने ती डाक्टरको नाम मनोज मित्तल भएको बताइएको छ । गौमूत्र तथा गाईको गोबरको सेवनले विभिन्न गम्भीर रोगबाट छुटकारा मिल्ने दाबी उनको छ ।सोसल मिडियामा भाइरल उक्त भिडियोमा डाक्टर मित्तलले क्यामराकै सामुन्नेमा जमीनबाट गाईको गोबर उठाएर क्वाप्पै खाएको देख्न सकिन्छ । गोबर खाने बेला उनले गोबरका फाइदाका बारमा बखान गरेका छन् । उनी भन्छन्, ‘गाईबाट पञ्चगव्य प्राप्त हुन्छ, जसको एक/एक हिस्सा मनुष्यको लागि फाइदाजनक छ । गाईको गोबर खानाले हाम्रो तनमन शुद्ध हुन्छ । एकपटक मात्र भए पनि गाईको गोबर खानाले हाम्रो आत्मा पवित्र हुन्छ ।’चिकित्सा डाक्टर भन्नेले नै गाईको गोबरलाई औषधि दाबी गर्दै खाएको उक्त भिडियोका बारेमा सोसल मिडियामा विभिन्न टिकाटिप्पणी भएका छन् । मानिसहरूले उनको त्यस्तो दाबीमा प्रश्न चिह्न खडा गरेका छन् ।कतिपयले त डाक्टरको पढाइ नै डिग्रीमै प्रश्न उठाएका छन् । केही चाहिँ उनको कुरामा सहमति जनाएका छन् ।ती डाक्टरले आफ्नो ट्वीटर प्रोफाइलमा आफू एमबीबीएस तथा एमडी डाक्टर भएको उल्लेख गरेका छन् ।
डाक्टरले गाईको गोबर खाएपछि…
2 Min Read