७ मंसिर, काठमाडौं । काठमाडौबाट रुकुमको चौरजहारी विमानस्थलमा उडेको नेपाल एयरलाइन्स (नेवानि) को टि्वनअर्टर जहाज सोमबार साँझ नेपालगन्जमा ‘नाइट स्टप’ गरेको छ । पाइलटको तोकिएको ‘ड्यूटी आवर’ सकिएपछि विमान नेपालगञ्जमै रोकिएको थियो । यसप्रति यात्रुहरूले असन्तुष्टि पोखेका छन् ।किन यसो भयो त ? नेवानिका एक अधिकारीका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरण र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले पाइलटका लागि एक दिनमा १० घण्टा वा १० पटकको ल्यान्डिङसम्म उडान गर्न पाउने भनि निश्चित समयावधि यसै बाध्यताका कारण सोमबार नेपालगन्जबाट चौरजहारी उडेको जहाजले नेपालगन्जमा नाइटस्टप गरेको ती अधिकारीले जानकारी दिए । ‘ड्यूटी आवरको सीमा मिच्न पाइन्न, त्यसैले जहाज नेपालगन्जमा अवतरण गरिएको हो,’ उनले भने ।तोकेको छ । त्यो समयावधि भन्दा बढी समय पाइलटले जहाज उडाएमा एयरलाइन्स र पाइलट दुबैलाई नियामक निकायले कारवाही गर्छन् ।उनका अनुसार चौरजहारीको मौसम खराब भएको रिर्पोट आएपछि जहाजलाई नेपालगञ्जमै अवतरण गरिएको हो । चौरजहारी पुगेर अवतरण गर्न नसकेको भए पाइलटको ड्यूटी आवर क्रस हुने अवस्था थियो ।त्रिभुवन विमानस्थलबाट सोमबार साँझ उडेको जहाजले मंगलबार बिहानैबाट नेपालगन्जलाई आधार बनाएर उडान गर्दा यस्तो अवस्था आएको ती अधिकारीले बताए । आन्तरिक उडानमा नेवानिसँग दुई वटा मात्र ट्वीनअटर जहाज छन् ।