जो सर्वसम्मत वा धेरै भोट ल्याएर छानिन्छ, उही मेरो महासचिव : ओली

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ मंसिर ७, मंगलबार (४ साल अघि)
  • ६ पटक पढिएको
जो सर्वसम्मत वा धेरै भोट ल्याएर छानिन्छ, उही मेरो महासचिव : ओली

७ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ उपाध्यक्ष, महासचिव लगायतका पदाधिकारीमा आफ्नो कुनै छनोट नभएको बताएका छन् ।एमालेको दशौं महाधिवेशन १० मंसिरमा चितवनमा सुरु हुँदैछ, तर पदाधिकारीका आकांक्षीहरुले मुख खोलेका छैनन् । उनीहरु अध्यक्ष ओलीको संकेत पर्खिरहेका छन् ।मंगलबार सम्पादकहरुसँग भएको छलफलमा ओलीले भने आफ्नो कुनै रोजाइ नभएको बताए । उनले भने, ‘जो सर्वसम्मत वा धेरै भोट ल्याएर छानिन्छ, उही मैले पत्याएको वरिष्ठ उपाध्यक्ष हो, महासचिव हो ।’

ताजा अपडेट

खोजी गर्नुहोस