अमेरिकी सीईओको व्यङ्ग्य : चिनियाँ कम्युनिष्ट पार्टीभन्दा हाम्रो बैंक धेरै टिक्छ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ मंसिर ८, बुधबार (४ साल अघि)
  • ६ पटक पढिएको
अमेरिकी सीईओको व्यङ्ग्य : चिनियाँ कम्युनिष्ट पार्टीभन्दा हाम्रो बैंक धेरै टिक्छ

८ मंसिर, काठमाडौं । अमेरिकी बैंक जेपी मोर्गन चेस एण्ड कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेपी डाइमनले चिनियाँ कम्युनिष्ट पार्टीमाथि व्यङ्ग्य गरेका छन् ।चीनमा कारोबार गर्ने बैंकको प्रतिबद्धता दोहोर्‍याउने क्रममा जेपी मोर्गन बैंकका सीईओ डाइमनले चिनियाँ कम्युनिष्टबारे ठट्यौली पारामा टिप्पणी गरेका हुन् ।‘केही समयअघि चिनियाँ कम्युनिष्ट पार्टीले शतवार्षिकी मनाइरहेको भनेर ठट्टा गरेको थिएँ’, मंगलबार डाइमनले भने, ‘हामीले पनि शतवार्षिकी मनाइरहेका छौं र हामी धेरै टिक्ने छौं ।’बोस्टन कलेजले सीईओसँग लिने अन्तर्वार्ताका क्रममा उनले थपे, ‘यो कुरा चीनमा गएर भनेको होइन तर संभवत: उनीहरूले सुनिरहेका होलान् ।’जेपी मोर्गन चेस एण्ड कम्पनी बहुराष्ट्रिय लगानी बैंक हो । बैंकले चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको वर्ष अर्थात् सन् १९२१ देखि नै चीनमा कारोबार गर्दै आएको छ । बेइजिङ, शाङ्घाई र शेनजेङसहित कैयौं चिनियाँ शहरमा बैंकका शाखा छन् ।अमेरिकाकै ठूलो बैंकको रुपमा रहेको जेपी मोर्गन बजार पूँजीकरणको हिसाबले विश्वकै ठूलो र कुल सम्पत्तिको हिसाबले विश्वको पाँचौ ठूलो बैंक हो । बैंकसँग झण्डै ३.६८४ ट्रिलियन डलर बराबरको सम्पत्ती छ ।

ताजा अपडेट

खोजी गर्नुहोस