राजेश पासवान । मंसिर १० गते । रौतहट । नेकपा (एकीकृत समाजवादी) पार्टीको,रौतहट जिल्लाको वृन्दावन नगरपालिका वडा नम्बर ५ को वडा कमिटी गठन कार्यक्रम सम्पन्न भएको छ । रामजानकी आधारभुत विधालय नरकटिया भवानीपुरको प्राङ्गणमा शुक्रबार आयोजित वडा भेलाले वडा अध्यक्ष सुबोध चौधरीको सभापतित्वमा १०१ सदस्यीय वडा कमिटी गठन भएको हो ।
कमिटीको संयोजकमा बिजय बैठा रहेकाछन भने उप संयोजकहरुमा कृष्ण चौधरी र सम्भा देवी रहेकिछिन,
त्यसैगरी सचिवमा गोपी दासको साथै सह.सचिवमा ज्योति दास र गोविन्द ठाकुर लगायत अन्य ९५ जना सदस्यहरु रहेकाछन्।
भेलामा बोल्दै नेकपा (एकीकृत समाजवादी) का जिल्ला सचिवालय सदस्य एवम् वृन्दावन नगरपालिका का नगर इन्चार्ज तथा नगर प्रत्यासी बिनोद पटेलले एमाले नेतृत्वले संविधान र पार्टीको शिद्धान्त बिपरित काम गरेकाले आफ्नो पार्टीको वरिष्ठ नेता माधवकुमार नेपालले विद्रोह का कारण नेकपा (एकीकृत समाजवादी) खोल्न बाध्य भएको बताए। उनले संविधानले प्रदत्त गरेको अधिकार हरेक नागरिकले पाउनु पर्नेमा जोड दिनुभएको थियो ।
त्यस्तै रौतहट क्षेत्र नम्बर ४(ख)को बिधायक प्रत्यासी नागेन्द्र
यादवले कमिटीका नव गठित पदाधिकारीहरुलाई बधाई दिँदै पार्टीले अब समाजमा प्रतिष्ठा कायम गर्दै पार्टीभित्रको विधान र सिद्धान्त बमोजिम आगाडि बढ्नु पर्ने बताए।
त्यस्तै नेकपा (एकीकृत समाजवादी) पार्टीका रौतहट क्षेत्र नम्बर ४ (ख) को उप-संयोजक तथा युवा संगठनका जिल्ला स.संयोजक सलामोदिन दर्जीले ओलीले गरेको सिंगो पार्टीकै नेतृत्व भनेको घर धनी जस्तै हो भन्दै ओलीले घरधनीले घरका सदस्यलाई घरमा बस्नै नसक्ने अवस्था पैदा गरेकाले बाध्य भएर विद्रोह गरी नयाँ पार्टीको स्थापना भएको बताए । उनले नेकपा (एकीकृत समाजवादी) ले आम नागरिकको स्वास्थ्य, शिक्षा, र रोजगारीमा मौलिक हकको रुपमा कायम भएको समाजवाद अंगाल्ने र आदर्श व्यक्ती माधवकुमार नेपाललाई नै मान्ने बताउदै, समाजवादको मार्गमा सबै कार्यकर्ता आ–आफ्ना ठाउँबाट इमानदारीताका साथ लाग्नु पर्ने बताए ।
कार्यक्रमको सभाअध्यक्षता वृन्दावन नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सुबोध चौधरीले गर्नुभएको थियो भने,कार्यक्रमको प्रमुख अथितिको रुपमा नेकपा (एकीकृत समाजवादी) का जिल्ला सचिवालय सदस्य एवम् वृन्दावन नगरपालिका का नगर इन्चार्ज तथा नगर प्रत्यासी बिनोद पटेल,रौतहट क्षेत्र ४ (ख)कि पनिर्वाचित प्रदेश सांसद हसिमा खातुन,रौतहट क्षेत्र ४ (ख) बिधायक प्रत्यासी नागेन्द्र यादव,नेकपा (एकीकृत समाजवादी) पार्टीका रौतहट क्षेत्र नम्बर ४ (क) को उप-संयोजक वडा नम्बर ३ का निर्वाचित वडा अध्यक्ष सचिन्द्र यादव,वडा नम्बर ५ का वडा अध्यक्ष श्यामनन्दन यादव,नेकपा (एकीकृत समाजवादी) पार्टीका रौतहट क्षेत्र नम्बर ४ (ख) को उप-संयोजक सलामोदिन दर्जी,जिल्ला सदस्य धर्मेन्द्र पटेल,प्रेम पटेल,रामनाथ सहनी र दिपेन्द्र यादव लगायत स्थानीय नेता तथा कार्यकर्ताहरु उपस्थिती रहेको थियो भने कार्यक्रमको संचालन लालबाबु बैठाले गर्नुभएको थियो।